• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैँकले ९% लाभांश दिने

महालक्ष्मी विकास बैँकले ९% लाभांश दिने

  • बिहिबार, चैत्र १५, २०७४
महालक्ष्मी विकास बैँकले ९% लाभांश दिने

महालक्ष्मी विकास बैंक लि. ले पेश गरेको आर्थिक वर्ष २०७३÷७४ को लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार बैंकले प्रस्ताव गरेको ९% नगद लाभांश वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । उक्त लाभांश निकट भविष्यमा हुन लागेको वार्षिक साधारण सभाबाट पारित गरे पश्चात वितरण गरिने छ ।

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी (२ अर्ब ६३ करोड) भएको महालक्ष्मी विकास बैँक लि. ले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपँैया कर्जा प्रवाह गरेको छ । यस बैंकको नेपालभरी जम्मा ७१ शाखा रहेको छ भने एटिएम संख्या ३५ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार