• होमपेज
  • Uncategorized
  • कार्तिक २९ गतेदेखी चितवनमा अन्र्तराष्ट्रिय भैंसी विज्ञ सम्मेलन हुने

कार्तिक २९ गतेदेखी चितवनमा अन्र्तराष्ट्रिय भैंसी विज्ञ सम्मेलन हुने

  • आइतवार, कार्तिक १९, २०७४
कार्तिक २९ गतेदेखी चितवनमा अन्र्तराष्ट्रिय भैंसी विज्ञ सम्मेलन हुने

चितवन,कार्तिक १९-

खाद्य एवम् आर्थिक वृद्धिको लागि भैसीको उत्पादन वृद्धि भन्ने मूल नाराका साथ चितवनको रामपुरमा हुन लागेको अन्र्तराष्ट्रिय भैंसी विज्ञहरुको सम्मेलनको तयारी तिव्र पारिएको छ । नेपालमा नै पहिलोपटक हुन लागेको सम्मेलनमा भैंसीको क्षेत्रमा निकै लामो समयदेखी लागेर अध्ययन र अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता बैज्ञानिकहरू सहभागी बन्ने आज भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइयो । सम्मेलनको तयारी तिव्र पारिएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको ३ दिने सम्मेलन कार्तिक २९ देखि मंसिर २ गतेसम्म चल्नेछ । सम्मेलनमा नेपालसहित विश्वका ११ देश भारत, चीन, पाकिस्तान, वंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरीका र क्यानडा लगायतका भैसी सम्वन्धि अनुसन्धानकर्ताहरूको सहभागीता रहने कार्यक्रमका सदस्यसचिव डा.भूमिनन्द देवकोटाले जानकारी दिए । सम्मेलनमा ५५ जना बिदेशी पाहुनाहरूसहित २ सय जनाको सहभागीता रहनेछ ।

सम्मेलनमा भाग लिन ‘इन्टरनेशलन बफ्यालो फेडेरेशेन’का महासचिव प्रो. डा. एन्तेनियो बर्गिस र पाकिस्तानको लाहोरस्थित भेटेनरी विश्वविद्यालयका प्रो. भाइस चान्सलर नासिम अहमद नेपाल आउँदैछन् ।  सम्मेलनमा विभिन्न विश्वविद्यालयका १७ जना डीनहरूको पनि सहभागिता हुनेछ ।

विश्वका विभिन्न देशमा रहेको भंैसीका प्रजातीहरूको बारेमा गरिएको अनुसन्धान र भूगोल सुहाउँदो प्रविधि एवम् ज्ञानसीपको आदानप्रदान गर्ने मूल उद्धेश्य सम्मेलनको रहने पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको डीन प्रा.डा.शारदा थपलियाले जानकारी दिइन्।

सम्मेलनमा नेपालसहितका ९० वटा ‘पेपर’ प्रस्तुतीकरण गरिनेछ । त्यसमा ५ वटा पेपर विषेश हुनेछन् । नेपालका ४९ र बिदेशी ४१ वटा पेपर प्रस्तुती हुनेछ । भैंसीको व्यवसायिक उत्पादनका लागि सरकारी निकायलाई नीति निर्माणमा समेत सहयोग पुग्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको कार्यक्रम संयोजक प्रा.डा. शारदा थपलियाले जानकारी दिइन । नेपालमा ३ प्रजातिका लिमे, पार्कोटे, गड्डी भैंसी पाइने विश्वविद्यालयका उपप्राध्यापक निराजन भट्टराईले जानकारी दिए । पहाडी एवम् बेसीफाँटहरू र खोला किनाराका फाँटमा सदियौंदेखि अधिक भैंसी पाल्दै आएको भट्टराईले बताए ।

नेपालको दुध उत्पादनमा दूई तिहाई र मासु उत्पादनमा भैंसीको योगदान ५० प्रतिशत रहेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. आइपी ढकालले जानकारी दिए । नेपालमा ५० लाख भैसी रहेको अनुमान छ ।

Facebook Comments

सम्बन्धित समाचार