• होमपेज
  • Uncategorized
  • कम्युनिष्टहरुको एउटै शक्तिशाली केन्द्र बनाउन बाम एकताः प्रचण्ड

कम्युनिष्टहरुको एउटै शक्तिशाली केन्द्र बनाउन बाम एकताः प्रचण्ड

  • आइतवार, कार्तिक १९, २०७४
कम्युनिष्टहरुको एउटै शक्तिशाली केन्द्र बनाउन बाम एकताः प्रचण्ड

चितवन,कार्तिक १९-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एउटै शक्तिशाली केन्द्र बनाउन बाम एकता गरेको बताउनुभएको छ । चितवनको क्षेत्र नम्वर ३ अन्र्तगत प्रचण्ड जिताउन अभियानको सुरुवात गर्दे प्रचण्डले दुई कम्युनिष्ट पार्टीविच एकता हुने गरी संयोजन समिती बनाएरै देशव्यापी रुपमा चुनावी तालमेल गरेको वताउनुभयो । विगतमा भएका एकिकरणको प्रयास सार्थक हुन नसकेको भन्दै उहांले यसपटक पार्टी एकिकरणले मूर्तरुप लिने दाबी गर्नुभयो ।

चितवन क्षेत्र नम्वर ३ बाट प्रतिनिधी सभाको उम्मेद्वार समेत रहनुभएका प्रचण्डले देशमा राजनैतिक स्थिरता र आर्थिक विकाशका लागी पनि बामपन्थीको सरकार आवश्यक रहेको बताउनुभयो । दुई निर्वाचन कार्यकाल बामपन्थीलेनै चलाउने र समाजवादको आधार निर्माण गर्ने उहांको भनाई छ । उहांले बाम सरकारले मात्र नेपालको विकाश निर्माणका कायापलट गर्ने उद्घोष गर्नुभयो ।

प्रचण्डले आफुसंग चुनावी प्रतिस्पर्धामा रहेकाहरु राजनैतिक व्याक्ति नभएको आरोप लगाउनुभयो । चितवन ३ मा नेपाली कांग्रेसले रुख ढलाएर हलो बनाउने कोशिस गरेपनि हिजोदेखी भांचिएको उहांको भनाई छ ।

आफ्नो जिवनकालमा सवैभन्दा वढी संघर्ष चितवनमा नै भएको भन्दै प्रचण्डले जनताको मायाले आफ्नो जित सुनिश्चित बताउनुभयो । उहांले चितवनका जनताले हराए भनेपनि आफु स्वीकार्न तयार रहेको वताउनुभयो । प्रचण्डले चितवनको विकाश निर्माणलाई विशेष प्रथामिकता दिएर नमुना जिल्लाको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार