• होमपेज
  • समाचार
  • ‘एक बुथ, ५० युथ’ अभियानका साथ चुनावमा जुट्यो नेविसंघ

‘एक बुथ, ५० युथ’ अभियानका साथ चुनावमा जुट्यो नेविसंघ

  • आइतवार, कार्तिक १९, २०७४
‘एक बुथ, ५० युथ’ अभियानका साथ चुनावमा जुट्यो नेविसंघ

काठमाडौ,कार्तिक १९-

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एक आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर ‘एक बुथ, ५० युथ अभियान’ सुरु गरेको छ । वाम गठबन्धन ‘अधिनायकवाद लाद्ने प्रपञ्च’ भएको ठहर गर्दै नेविसंघले कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न अभियान थालेको हो ।

‘अभियानअन्तरगत हरेक जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीलाई खटाइएको छ’, नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले भने, ‘केन्द्रीय समितिमा प्रतिनिधित्व नभएका ८ जिल्लामा सम्बन्धित प्रदेश उपाध्यक्ष र सह–महामन्त्रीलाई संयुक्त रुपमा खटाइएको छ ।’

उनीहरुले सम्बन्धित क्षेत्रका उम्मेदवारसँगको समन्वयमा प्रचारप्रसार अभियानसहित अन्य चुनावी गतिविधि सञ्चालन गर्नेछन् भने हरेक शनिबार पार्टीमा त्यसको प्रतिवेदन बुझाउने छन् । साथै, नेविसंघले चुनावका वेला हुन सक्ने सम्भावित उछृङ्खल गतिविधिलाई रोक्न प्रत्येक निर्वाचन बुथमा ५० जना युवालाई स्वयंसेवकको रुपमा खटाउने उपाध्यक्ष प्रकाश रानाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार