• होमपेज
  • समाचार
  • डिशहोमद्धारा बर्दियाको दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण

डिशहोमद्धारा बर्दियाको दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण

  • शुक्रबार, फाल्गुन ३, २०७५
डिशहोमद्धारा बर्दियाको दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण

डिशहोम मिडिया नोटवर्कले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पु¥याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम सार्वजनिक गरेको छ ।

विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले स्वरुप आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।

यस योजना अन्तरगत डिशहोमले बर्दिया जिल्लाको गुलरिया स्थित, त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको छ ।

कार्यक्रममा गुलरीया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पुर्ण सदस्यहरुको सहभागितामा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको डिशहोमले जनाएको छ ।

यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नं. ४ मा रहेको अमर सहिद दशरथ चन्द उच्च माध्यामिक विद्यालयमा पनि शैक्षिक सामाग्री सहितको झोला वितरण गरिएको छ । राजापुर नगरपालिका का उपप्रमुख मनकला थारु, ४ नं. वडा अध्यक्ष, प्रशासनिक निकाएका प्रमुखहरु तथा विभिन्न संचार संस्थामा कार्यरत संचारकर्मीहरुको उपस्थितिमा शैक्षिक सामाग्री सहितको झोला वितरण गरेको डिशहोमले जनाएको छ ।

डिसहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ ।

नेपालका ग्रामिण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कुलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्र्री साथै प्र्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या रहेकाले डिशहोमले सामाजिक उत्तरदायित्व बमोजिम विभिन्न काम गर्दै आएको छ ।

आफ्नो सहयोगबाट मुलुकभर गुणस्तरिय शिक्षा पुर्याउन सरकारलाई पनि टेवा पुग्ने अपेक्षा कम्पनीले राखेको डिस मिडिया नेटवर्कका महाप्रवन्धक कल्याण अधिकारीले बताए ।

डिशहोम नेपालको एक मात्र आधिकारिक डिटिएच सेवा हो । नेपाली, हिन्दी तथा विदेशी च्यानलहरु प्रशारण हुने डिशहोमको जडान मुल्य २ हजार ९ सय ९९ र मासिक २ सय ५० देखिको प्याकेजहरु रहेको डिसहोमले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि