• होमपेज
  • Hot news
  • राष्ट्र बैंकद्वारा एभरेष्ट बैंकको लाभाशं रोक्का : अध्यक्ष श्रेष्ठद्वारा २ अर्बको शेयर बिक्री

राष्ट्र बैंकद्वारा एभरेष्ट बैंकको लाभाशं रोक्का : अध्यक्ष श्रेष्ठद्वारा २ अर्बको शेयर बिक्री

  • बिहिबार, फाल्गुन २, २०७५
राष्ट्र बैंकद्वारा एभरेष्ट बैंकको लाभाशं रोक्का : अध्यक्ष श्रेष्ठद्वारा २ अर्बको शेयर बिक्री

भूपेन्द्र आचार्य । भारतीय पञ्जाव नेशनल बैंकको ठूलो शेयर रहेको एभरेष्ट बैंकको लाभाशं नेपाल राष्ट्र बैंकद्वारा रोक्का गरेको छ । भारतीय व्यवसायी एवं एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले लाभांश रोक्का पछि बाध्य भएर १ अर्ब ९९ करोडको करिब २ अर्ब शेयर विक्री गरेको खुलेको छ ।

बैंकका अध्यक्ष श्रेष्ठ परिवारका सदस्यहरु राधा देवी श्रेष्ठ र नेपाल कृष्ण श्रेष्ठका नाफाका शेयर प्रतिमा श्रेष्ठले किनेको भेटिएको छ । नयाँ सीइओ सोमेश्वर सेठ आएपछि बैंकमा भाँडाभैलो भएको, शेयरको भाउ घटेर प्रतिशेयर २६५ भएको छ । लगानी गर्दा कमिशन दिन पल्केको सीइओकै कारण राष्ट्र बैंकका सयौं निर्देशन रद्दिको टोकरीमा फ्याकेको भेटिपछि बाध्य भएर राष्ट्र बैंकले लाभाशं रोक्का गरेको भेटिएको छ ।

नेपाली लगानीकर्ताको पैसा डुवाउने चलखेल यी भारतीय मुलका सीइओ सोमेश्वर सेठले गरेपछि बाध्य भएर अध्यक्ष विके श्रेष्ठले शेयर सस्तोमा विक्री गरेको एक सञ्चालकचले बताए ।
नेपाल राष्ट्र बैंकले एभरेष्ट बैंकको लाभांश वितरणमा रोक लगाएपछि संस्थापक बिके श्रेष्ठको परिवारले शेयर बिक्री गरेको हो ।
एक सञ्चालकले भने राधा र नेपालकृष्ण श्रेष्ठको नाममा रहेको बैंकको ७२ लाख ३६ हजार ३७५ कित्ता शेयर आज विहीबार प्रतिमाको नाममा बिक्री भएको छ। प्रति शेयर २६५ रुपैयाँको दरले १ अर्ब ९१ करोड रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । यो मूल्य इतिहासकै सस्तो भएको उनीले दाबी गरे ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनअनुसार राधा श्रेष्ठको नाममा ५२ लाख ७७ हजार कित्ता र नेपालकृष्ण श्रेष्ठको नाममा ६३ लाख ४५ हजार कित्ता शेयर स्वामित्व रहेको देखिन्छ । यसैगरी प्रतिमा श्रेष्ठको नाममा ४७ लाख ३२ हजार कित्ता शेयर रहेको थियो। यसैगरी अध्यक्ष बिके श्रेष्ठको नाममा ७३ लाख ७२ हजार कित्ता शेयर स्वामित्व देखिन्छ ।

राष्ट्र बैंकले यही विवरणका आधारमा नियमभन्दा धेरै शेयर स्वामित्व राखेको भन्दै लाभांश वितरणमा रोक लगाएपछि एकाघरभित्रको शेयर विहीबार विक्री गरेको खुलेको छ ।

विहीबारको शेयर कारोबारपछि एभरेष्ट बैंकमा प्रतिमाको शेयर स्वामित्व १४.८३ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले एकाघर भित्र १५ प्रतिशत शेयर रहेको भन्दै लाभांश वितरणमा रोक लगाएपछि श्रेष्ठले नजिकको नाता पर्नेलाई शेयर स्थानान्तरण गरेका राष्ट्र बैंक स्रोतको दाबी छ ।

राष्ट्र बैंकले यसअघि पनि लाभांस वितरणमा रोक लगाउँदा बिकेले खलक भित्रै शेयर हस्तान्तरण गरेका थिए । बैंकको यस भन्दा अगाडि संस्थापक शेयरको सबैभन्दा धेरै कारोबार ४१ करोड रुपैयाँको भएको थियो ।

विहीबारको कारोबारबाट बिकेको परिवारले ९ करोड रुपैयाँ भन्दा धेरैको कर तिर्नुपर्नेछ । कर नतिरे बैंकलाई राष्ट्र बैंकले अर्को कारवाही गर्ने देखिन्छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट एक अर्ब ६० करोड रुपैयाँ नगद लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग अनुमती मागेको थियो । तर राष्ट्र बैंकले नियम विपरित शेयर राखिएको भन्दै लाभांश वितरणमा रोक लगाएको थियो ।
पछिल्लो समय एभरेष्ट बैंक धरासायी बन्दै गएको देखिन्छ । लाखौ नेपाली लगानीकर्ताको पैसा डुब्ने देखिए पछि राष्ट्र बैंकले एभरेष्ट बैंकको लाभांश रोक्का गरेको राष्ट्र बैंक स्रोतको दाबी छ ।

एभरेष्ट बैंकले नेपाली भूमिमा सधै दादागिरी गर्दै आए पछि राष्ट्र बैंक कडा रुपमा अगाडी आएको एक डिपुटी सीइओले बताए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि