• होमपेज
  • Hot news
  • देशले जनताको चाहनाअनुसार फड्को मार्न सकेको छैन्

देशले जनताको चाहनाअनुसार फड्को मार्न सकेको छैन्

  • शुक्रबार, फाल्गुन ३, २०७५
देशले जनताको चाहनाअनुसार फड्को मार्न सकेको छैन्

नयाँ शक्ति पार्टी गत माघ १५ गतेदेखि देश दौडामा छ । गाउँगाउँमा पुगेर जनताको समस्या जानकारी लिने काम गरिरहेको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई भन्छन्, जनताले मत दिएर जिताएकाले भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने छ । सरकारको नेतृत्व गरिसकेका भट्टराई केपी ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेपनि यस अवधिमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप छ । सरकार र नयाँ शक्ति पार्टीका विषयमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश ।

० तपाई देश दौडाहामा हुनुहुन्छ । जनताको गुनासो के छ ?
हामीले माघ १५ गतेदेखि पूर्वी नेपालबाट सुरु गरेको यात्रा निरन्तर जारी छ । जनतासँग भेट्दैछु । जनताको चाहनाअनुसार देशले तिब्र फड्को मार्न सकेको छैन् । सामान्य विकास भइरहेको छ, जुन निरन्तरता मात्रै हो । अपेक्षा अनुसारको काम हुन सकेको छैन् । जनताप्रति निरासा बढेको छ । जागरुक छैनन् ।

० नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्रीको हैसियतमा डा. बाबुराम भट्टराईले सरकारका बारेमा कस्तो मुल्यांकन गरिरहेको छ त ?
जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नु पर्छ । कुरा बढि काम कम भएको छ ।
पूर्वपश्चिम जागरण अभियानका क्रममा निरासा बढि देखिए । नेपाली जनताको चाहना विकास र समृद्धि भएकाले सबैले इमान्दारिता साथ आफूले गरेको प्रतिबद्धताअनुसार काम गर्नुपर्ने हो । नेतृत्वको हिसावले ओली सरकार जिम्मेवार भएर लागेको देखिएन । ‘सुशासन र विकास निर्माणका लागि सबै प्रतिबद्ध भए देशको विकास गर्न गाह्रो छैन,’ । ‘यहाँ सबैमा इमान्दारिताको खाँचो छ ।’ नेपाली जनताको त्याग र बलिदानबाट नेपालमा गणतन्त्र आएकाले शहीदले देखाएको बाटो भुल्न हुदैन ।

० जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्झनुभयो ? जनयुद्ध र जनआन्दोलनबाट देशमा परिवर्तन भए जस्तो लाग्छ ?
तत्कालिन नेकपा माओवादीले सुरु गरेको १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट अहिलेको परिवर्तन सम्भव भएको त छ । इतिहास बिर्सिनु हुदैन । जनयुद्धको राजनीतिक नेतृत्व गर्ने अवसर पाएकामा आफूलाई गर्व लागेको छ र त्यही आन्दोलनका कारण नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र सम्भव भएको हो । अब हामी सबै मिलेर देश विकास निर्माणमा जुट्नु पर्छ ।

० दुई तिहाई बहुमतको सरकारलाई तपाईले कसरी लिनुभएको छ ? सरकारबाट जति अपेक्षा थियो त्यो पुरा हुन सकेन भनिन्छ नी ?
दुई तिहाई बहुमतको सरकार त हो । तर यो सरकारबाट जनताले जति अपेक्षा गरेका थिए, त्यस अनुसार काम गर्न नसकेकै हो । यो सरकारले धेरै काम गर्न सक्थ्यो तर त्यसो भएन जसका कारण जनता निराशामा छन् ।

० त्यसो त तपाईहरुको देश दौडाहाको लक्ष्य के हो ? के उपलब्धी गर्छ यो देश दौडाहाले ?
कतिपय कुरा पढेर जानिन्छ । धेरै कुरा परेर जानिन्छ । यही वर्ष म र हिसिला यमीले युरोपका ९ वटा देश घुम्यौँ । १ महिना अमेरिकाका ठूला विश्वविद्यालय पुग्यौँ । त्यसक्रममा हामीले विश्व कहाँ पुग्यो भनेर अध्ययन गर्यौँ । अहिले हामी नेपाली जनताको वास्तविक अवस्था बुझ्न देश दौडाहामा लौरी टेकेर हिँडिरहेका छौँ । जनताका चाहाना बुझन् हामी गाउँ गाउँ, पीर मर्का बुझन् हिडेका हौ ।

० नेपाली जनताको अवस्था कस्तो पाउनुभयो त गाउँ गाउँमा ?
नेपाली जनताको अवस्था दयनीय नै छ । हामी विकासका ठुला ठुला कुरा गछौं र कुरा गरे जस्तो स्थिती नाजुक छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा गाउँमा जागरण छैन् ।

ग्रामिण भेगमा जनजाती, महिला, दलितलगायतको प्रत्यक्ष अवलोक गर्यौ । एउटा उदाहरण ः धादिङको खहरेमा कामी गाउँ रहेछ । २० घरमा २०० जना बसेका रहेछन् । उनीहरुको घर घडेरी केही पनि रहेनछ । यो त एउटा उदाहरण मात्र हो । नेपालका ग्रामीण भेगमा यस्ता समस्या धेरै छन् । रोजगारीको अवसर पनि छैन ।

० देश दौडाहाका क्रममा प्रदेश तीनको राजधानी काभ्रे बनाउनुपर्छ भन्नुभएछ । काभ्रे नै किन त ?
हामी वास्तविक रुपमै संघीयतामा जाने हो भने नेपाली संस्कृति र भूगोलको अवलोकन गर्नुपर्छ । बहुभाषा र बहुजातिलाई पनि संघीयताले सम्बोधन गर्नुपथ्र्यो । जनसंख्याका आधारमा संघीयता बनाउने र राजधानी तोक्ने हो भने सफल हुँदैन । नेपालमा बहुजाति र बहुभाषाको आधारमा १० वटा प्रदेश बनाउनुपथ्र्यो । प्रदेशको नाम पनि जुन समुदायको बाहुल्यता छ सोहीअनुसार राख्नुपथ्र्यो । जस्तै गण्डकी राख्नुको साटो तमुवान राख्नुपथ्र्यो ।

० तपाई देश दौडाहाका क्रममा बुढीगण्डकी क्षेत्रमा पुग्नुभएको छ । बुढिगण्डकी जलायशययुक्त जलविद्युत आयोजना बन्छ त ?
मेरै पालामा बुढगण्डकीलाई राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको हो । यो बनाउनका लागि पेट्रोलियम पदार्थमा कर लगाएर अहिले ३० अर्ब उठिसकेको छ । यो परियोजना हामी आँफैले सात वर्षमा बनाउन सकिन्थ्यो । तर कमिसनखोरहरुले चलखेल गरेर बुढिगण्डकीलाई भकुण्डोको खेल बनाईएको छ । मुआब्जा वितरण पनि सकिएको छैन । अब यो बन्ने हो कि नबन्ने हो भन्ने अन्योलमा छ ।

० त्यसो हो भने केपी ओली नेतृत्वको सरकारले बुढिगण्डकी बनाउन सक्ला त ?
म व्यक्तिगत रुपमा कसैलाई पनि दोष दिन चाहान्न । १४ वर्ष जेल बसेर आएका साथीहरु सत्तामा हुनुहुन्छ । दशौँ युद्ध गरेर आउनुभएका साथीहरु हुनुहुन्छ । म यसले गर्यो यसले गरेन भन्दिन । म आफैँ पनि केही मात्रामा जिम्मेवार छु । साथीहरु कमिसनमा लटपटिनुभएको छ । बुढिगण्डकी मात्रै होइन, वाइडबडी र एनसेल प्रकरणमा पनि कमिसनकै खेल छ । अरबौँका घोटाला भइरहेका छन् । भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । भ्रष्टाचार अन्त्यका लागि अदालत र अख्तियारलाई बलियो बनाउनुपर्छ ।

० अन्त्यमा, केपी ओली प्रधानमन्त्री भएको एक वर्ष पुग्न लागेको छ । यो सरकारले गरेको कामलाई कसरी हेर्नुभएको छ ?
विगतको जस्तै सामान्य सरकारले भन्दा अरु थप केही गर्न सकेको जस्तो लाग्दैन । यो सरकार भनेको त संविधान निर्माणपछिको पहिलो निर्वाचित बहुमतप्राप्त सरकार हो । एक वर्षको अवधिमा तिब्र आर्थिक विकास, सुशासन र समृद्धिको उदाहरण देखाउनुपथ्र्यो । तर त्यो हुन सकेन । म प्रधानमन्त्रीलाई पास मार्क दिन सक्दिन । नयाँ युगमा नेपालको नेतृत्व गर्ने क्रान्तिकारी र परिवर्तनकारी सरकार बन्न सकेन ।  राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार