• होमपेज
  • मनोरञ्जन
  • ‘जात्रै जात्रा’ नबन्दै नाफामा जाने पक्का

‘जात्रै जात्रा’ नबन्दै नाफामा जाने पक्का

  • बुधबार, कार्तिक २८, २०७५
‘जात्रै जात्रा’ नबन्दै नाफामा जाने पक्का

चलचित्र ‘जात्रै जात्रा’को टिजर सार्वजनिक भएसँगै विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन थालेको छ । चलचित्र बनि नसक्दै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैँयामा सम्झौता भएको हो
होर होइन होला इभेन्ट र पप अप इन्टरटेन्मेन्टले  ‘जात्रै जात्रा’ को सार्वजनिक टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र चलचित्र जात्राको रिर्पोट हेरेर जात्रै जात्रा अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिएका छन् । पहिलो फिल्मले दर्शकको मन जितेको र  ‘जात्रै जात्रा’  को टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले चलचित्र प्रर्दशनका लागि ३५ लाख रुपैँया लगानी गरेको उनको भनाई छ ।
निर्माता  तथा कलाकार रबिन्द्र सिंह बानियाँका अनुसार अन्य देश हरुमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भैरहेको बताएका छन् । यस्तै, ब्राण्डहरु संगको सहकार्य र विदेश राईटको बिक्री आँकलन गर्दा हेर्दा फिल्मको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदिप भट्टराईको दाबी छ । हाल अष्ट्रेलिया नेपाली फिल्मको लागि दोस्रो ठुलो प्रतिफल दिने देशमा गनिन्छ । त्यस पछिका देशहरुमा अमेरिका, बेलायत, कोरिया, हंगकंग र जापान रहेका छन् ।
 निर्देशक भट्टराईको अघिल्लो फिल्म जात्राले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म शत्रुगतेले सिड्नीमा मात्र १७ शो  र  अष्ट्रेलिया भर ४० भन्दा  बढी हाउसफुल शोहरु गर्न सफल भएको थियो ।  षट्कोण आर्टस् प्रा लि को ब्यानर मा निर्मित जात्रै जात्रा यहि फागुन १७ गते देखि प्रदर्शनमा आउदैछ । चलचित्रमा रबिन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि