• होमपेज
  • अर्थ/वाणिज्य
  • सनराइज बैकले अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

सनराइज बैकले अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

  • आइतवार, कार्तिक १८, २०७५
सनराइज बैकले अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

सनराइज बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । “सन्राइज डिबेञ्चर २०८०” (ऋणपत्र) जारी गर्न बैंकले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले सम्झौतामा हस्ताक्षर गरेका हुन् । पाँच बर्ष परिपक्व अवधि रहेको उक्त ऋणपत्रले बार्षिक दश प्रतिशत ब्याज प्रदान गर्नेछ भने भुक्तानि अर्धबार्षिक रुपमा हुनेछ ।

बैंकले निष्काशन गर्ने कूल ऋण पत्र मध्ये ८० प्रतिशत अर्थात ८० करोड रुपैँया बराबरको ८ लाख कित्ता प्राइभेट प्लेसमेण्ट मार्पmत बिक्री गर्नेछ भने २० प्रतिशत अर्थात २० करोड रुपैँया बराबरको २ लाख कित्ता सर्वसाधारणलाई खुल्ला गर्नेछ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २४ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११० वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । असोज मसान्तमा बैंकको कुल निक्षेप ः ७५.७९ अर्ब रहेको छ भने कुल कर्जा ६६.८२ अर्ब रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि