• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

  • शुक्रबार, पुस ६, २०८०
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५% का दरले रु.२६,०९,१६,००० (अक्षरेपी छब्बीस करोड नौ लाख सोह्र हजार मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट मनोनित भई प्रतिनिधित्व गर्नुभएका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् । साथै, नव निर्वाचित सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गर्नु भएका छन् ।

बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको दिपक ढकाल एन आई सी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत हुनुहुन्छ र निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि