• होमपेज
  • अर्थ/वाणिज्य
  • कैलाश हेलिकप्टरले आइपीओ जारी गर्ने

कैलाश हेलिकप्टरले आइपीओ जारी गर्ने

  • बुधबार, माघ ३, २०८०
कैलाश हेलिकप्टरले आइपीओ जारी गर्ने

कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको ३ लाख ५० हजार कित्ता आइपीओजारी गर्ने भएको हो । त्यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बुधवार आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार