• होमपेज
  • अर्थ/वाणिज्य
  • विदेशमा काम गर्ने नेपाली आइपीओबाट मालामाल

विदेशमा काम गर्ने नेपाली आइपीओबाट मालामाल

  • आइतवार, भदौ १७, २०८०
विदेशमा काम गर्ने नेपाली आइपीओबाट मालामाल

प्रिमियम मूल्यमा आइपीओ जारी गरेका चार जीवन बीमा कम्पनीको सेयर खरीद गरेका वैदेशिक रोजगारमा गएका नेपालीले छोटो अवधिमै आफ्नो लगानीलाई दुईभन्दा बढी गुणाले बढाएका(बढाउने भएका) छन् ।

धितोपत्र बोर्डले विभिन्न कम्पनीका सार्वजनिक निश्कासनहरुमा रोजगारीमा विदेश गएका नेपालीलाई आरक्षणको व्यवस्था गरेदेखि लगभग तीनदर्जन कम्पनीले फरेन इम्प्लोइमेन्ट कोटा छुट्याई आईपीओ बिक्री खुलाइसकेका छन् । त्यसमध्ये चार जीवन बीमा कम्पनीहरु आईएमई लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफले समेत वैदेशिक रोजगारमा गएका नेपालीका लागि १० प्रतिशत आरक्षण छुट्याई आईपीओ बिक्री खुला गरिसकेका छन् ।

यी चार कम्पनीको आइपीओ खरीद गर्ने लगानीकर्ताले गज्जबको रिटर्न पाउन थालेका देखिएको छ । आइपीओ खुल्ला गरेर दोश्रो बजारमा लिस्टिङ नभएका कम्पनीहरुको पनि दमदार ओपनङि हुने निश्चितप्राय छ ।

आईएमई लाइफले १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आवेदन दिएकाहरुलाई मागबमोजिम न्यूनतम १० कित्ता र अधिकतम ९० कित्तासम्म सेयर बाँडफाँड गरेको थियो ।

यसआधारमा आईएमई लाइफको ९० कित्ता आईपीओ पाउने सेयरधनीको लगानी २१ हजार ३२१ हुन जान्छ, भने १० कित्ता आइपीओ पाउने सेयरधनीको लगानी २३६९ रुपैयाँ हुन जान्छ । दोश्रो बजारको अन्तिम कारोबार मूल्य(एलटिपी)अनुसार आइएमई लाइफको सेयरभाउ ५४१.३० रुपैयाँ रहेको छ ।

यसआधारमा ९० कित्ता सेयर पाउने सेयरधनीको पोर्टफोलियो ४८ हजार ७१७ रुपैयाँ रहेको छ । जसमा २१ हजार ३२१ रुपैयाँ आफ्नै लगानी रहेको छ । यसर्थ उक्त लगानीकर्ताले २७ हजार ३६९ रुपैयाँ दुई महिनाकै दौरानमा प्रफिट बुक गरेको छ ।

त्यस्तै न्युनतम १० किता आईपीओ पाएका लगानीकर्ताले पनि एलटीपीअनुसार ५ हजार ४१० रुपैयाँ पोर्टफोलियो बनाएका छन् ।

यता, रिलायबल नेपाल लाइफ र सन–नेपाल लाइफको सेयर भने नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुनै बाँकी रहेको छ भने सिजिटन लाइफ इन्स्योरेन्स हाल दोस्रो चरण अर्थात् सर्वसाधारणका लागि आइपीओ निश्कासनमा छ ।

यी कम्पनीहरुले पनि वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि भने आइपीओ जारी गरी बाँडफाँड समेत सकिसकेका छन् ।

यी कम्पनीको लगानीबाट पनि वैदेशिक रोजगारमा गएका नेपालीले राम्रै रिटर्न बुक गरी बलियो पोर्टफोलियो बनाउने देखिन्छ ।

रिलायबल नेपाल लाइफले प्रिमियमसहित प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो । वैदेशिक रोजगारमा गएका नेपालीले न्यूनतम १० कित्ता र अधिकतम ६० कित्तासम्म सेयर पाएका थिए ।

यसर्थ ६० कित्ता आइपीओ पाउने सेयरधनीको लगानी १५ हजार ४२० हुन जान्छ, भने १० कित्ता पाउने सेयरधनीको लगानी २५१० रुपैयाँ हुन जान्छ । कम्पनीको सेयर सूचीकृत हुन बाँकी छ ।

तर कम्पनीले पहिलो कारोबारको लागि वास्तविक नेटवर्थको आधारमा ४ सय रुपैयाँभन्दा बढी नै ओपनिङ रेञ्ज पाउने देखिन्छ ।

सोहीओपनिङ रेञ्ज पाएको खण्डमा ६० कित्ता सेयर पाएका सेयरधनीको पोर्टफोलियो पहिलो दिनमै २४ हजार बढी हुन जान्छ । जसमा १५ हजार ४२० रुपैयाँ सेयरधनीको खुद लगानी रहेको छ ।

त्यस्तै, सन–नेपाल लाइफ इन्स्योरेन्सको सेयर पनि बाँडफाँड भइसकेको छ । तर नेप्सेमा सूचीकृत भने हुन बाँकी छ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो । आइपीओ भरेकामध्ये अधिकांशले न्यूनतम १० कित्ता र अधिकतम ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । जसमा १० कित्ता आइपीओ भर्नेको लगानी २३९० रुपैयाँ र ५० कित्ता पाएका सेयरधनीको लगानी ११ हजार ९५० रुपैयाँ हुन जान्छ ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत नभए पनि पहिलो कारोबारका लागि कम्पनीले वास्तविक प्रतिसेयर नेटवर्थ (बुकभ्यालु)को आधारमा ४ सय रुपैयाँभन्दा बढी ओपनिङ रेञ्ज पाउने देखिन्छ । यसर्थ ५० कित्ता सेयर पाएका सेयरधनीको पोर्टफोलियो पहिलो दिनमै २० हजार रुपैयाँभन्दा बढी हुने देखिन्छ, भने १० कित्तापाउने सेयरधनीको पोर्टफोलियो ४ हजार रुपैयाँभन्दा बढी हुन जान्छ । तर वास्तविक पोर्टफोलियो कति हुन्छ, त्यो भने कम्पनीको सेयरभाउकै आधारमा गणना हुनेछ ।

यसका साथै सिटिजन लाइफले भने पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुका लागि आइपीओ बिक्री खुला गरी दोस्रो चरणमा सर्वसाधारणका खुल्ला गरेको छ । कम्पनीले प्रिमियमसहित प्रतिकित्ता २४४ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगार कोटाअनुसार कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र अधिकतम ५० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीको आईपीओले पनि वास्तविक बुकभ्यालुको आाधारमा ४ सयदेखि ५ सयको हाराहारीमा ओपनिङ रेञ्ज पाउने देखिन्छ । यस आधारमा पनि ५० कित्ता सेयर पाउने सेयरधनीहरुको पहिलो दिनमै २० हजार देखि २५ हजार रुपैयाँसम्मको पोर्टफोलियो बन्ने देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि