• होमपेज
  • फिचर
  • करोडौं भारतीय नोट अब के होला ?

करोडौं भारतीय नोट अब के होला ?

  • मङ्लबार, बैशाख ४, २०७५
करोडौं भारतीय नोट अब के होला ?

विशालबाबु आचार्य | प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म भएको भारत भ्रमणबारे मिडियाहरुले सकारात्मक टिप्पणीहरु गरे कतिपय मिडियाहरुमा त अहिलेसम्मको भ्रमणमा यो सबैभन्दा फलदायी र उत्कृष्ट भएको टिका टिप्पणीहरु पनि गरिरहेका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीका भारत भ्रमणका क्रममा उठाउनु पर्ने मुख्य मुख्य विषयहरुनै उठाएका छैनन ।

भारतीय सरकारले कालो धन नियन्त्रणका लागि पाँच सय र हजारका भारतीय नोट नचल्ने घोषणा गरैसँगै नेपाल तथा भुटान लगायत अन्य देशहरुमा भारतीय नोट सटही प्रमुख समस्या बन्यो ।

भने नेपाल बाहेक अन्य राष्ट्रहरुले यसलाई राष्ट्रिय समस्याको रुपमा लिइ यसको समाधान गर्न सफल भए । नेपालले पनि यसको बारेमा पहल भने नगरेको होइन । तर जति पनि प्रयासहरु अफल नै रहे ।

मोदी सरकारले नोट बन्दी पछि नेपालीहरुले प्रतिव्यक्ति रु २५००० भारतीय नोट सटहीको सुविधालाई घटाएर ४५०० मा झारीदिए सँगै नेपालमा करिब सात करोड भन्दा बढी भारु नोट कागजको खोस्टा सरह बनेको छ ।

नेपालका बैंकिङ मातहत वा अन्य ब्यक्तिहरु आफैसँग भएको भारतीय नोट ७ करोड भारु भन्दा बढी रहेको बैंकरहरुको दावी गरेका छन् । नेपाल राष्ट्र बैंकले भारतको रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) सँग नेपालमा रहेको भारु नोटको सटही गर्ने विषयमा पटक पटक छलफल भए पनि कुनै टुंगो नलागेको एक बैंकरले बताए ।

बैकिङ प्रणालीमा ठुला दरका (५ सय र १ हजार) ७ करोड भन्दा बढी रहेको भारु नोट कागजका खोस्टा सरह भएका छन् । भारु नोटमा प्रतिबन्ध लागेको एक वर्षभन्दा बढी हुँदा समेत सटही हुने कुनै संकेत छैन ।

प्रतिबन्ध लागेका ती ठुला दरका भारु अहिले राष्ट्र बैंकका गोदाममा थन्किएका छन् । राष्ट्र बैंकको उच्चस्तरीय टोली दिल्ली गएर तथा आरबीआईको पनि उच्चस्तरीय टोली नेपाल आएर विभिन्न चरणमा छलफल

भए थिए । उद्यपि, भारु नोटको सटहीका वियायमा टुंगो लागेको छैन । डेढ वर्ष अगाडि भारतले आफ्नो पाँच सय र हजार रुपैयाँ दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेको ठूलो परिमाणको त्यस्ता नोट अब के गर्ने भन्ने विषयमा अन्योलता हुँदै आउँदा बैंक तथा वित्तीय संस्था एवम् सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।

नेपाल र भारतको सीमा खुल्ला रहेको र नेपालमा भारतीयहरुको पनि बसोबास रहेको कारण भारु नोट सटही गर्दा कालोधनलाई फाइदा पुग्ने तर्क गर्दै भारतको रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) पन्छिदै आएको छ ।

आरबीआईले भुटानलगायत अन्य देशमा रहेको भारु नोट भने यस अघिनै सटही गरिदिएको छ । नेपालले पनि ‘नेपाल राष्ट्र बैंक लगायत अन्य बैंकहरुसँग बैंकिङ च्यानलमा रहेको प्रतिबन्धित भारु नोट सटही गर्न पटक पटक आग्रह गरेको थियो । तर, भारतीय पक्षबाट ठोस निर्णय हुन नसक्दा नेपालमा भारतीय नोट सटही कार्य अन्योल बन्दै गएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जलमार्गदेखि रेलमार्गको सम्झौता भए तर लामो समयदेखि नेपालमा थन्किएर रहेको प्रतिबन्धित भारु पाँच सय र हजार दरको नोट सटहीका विषयमा कुनै चर्चा त कुनै प्रसंग नै उठेन ।

भ्रमणको क्रममा भारु सटहीका विषयमा कुरा उठाउने भनेपनि भारत पुगेर यस विषयमा कुरा नउठ्दा भारु सटही थप जटिल बनेको छ । यसअघि पनि राष्ट्र प्रमुखहरुको भारत भ्रमणमा पनि भारु सटहीको विषय जोडदारका साथ नउठाइएकाले सटही झन् कठिन बन्दै गएको छ ।

नेपालमा भारुमा प्रतिबन्ध लागेको केही समयमा अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपाल राष्ट्र बैंकले सटहीका लागि पहल गरेका थिए । तर बैकिङ प्रणलीमा रहेको भारु सटही हुने कुनै लक्ष्यण देखिएन ।

राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले आफ्ना भारतीय समकक्षीसँग पनि भारु सटहीका लागि पटक पटक पहल गरेका थिए । राष्ट्र बैंकले डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीको नेतृत्वमा एउटा समिति गठन गरेको थियो ।

सो नेपाली टोली भारत पुगेर भारु सटहीका विषयमा छलफल गरेको पनि थियो । तर कुनै सकारात्मक निर्णय भने भएन । यसरी भारु नोट सटही नहुँदा नेपालको अर्थतन्त्रालाई ठूलो धक्का पुगि राखेको छ ।

भारु सटहीमा सहि निर्णय र उचित कार्यन्वायन गर्न सकियो भने अहिले नेपाली बैंकहरुमा देखिएको तरलतामा पनि केही राहत पुग्न सक्छ ।

भारतको रिजर्भ बैंक अफ इण्डियाले नेपालको भारु सटही भयो भने कालोधनलाई सहयोग पुग्छ भनेको छ तर नेपालको बैंक तथा वित्तियसंस्थाहरुमा भएको संकटको पनि ख्याल भारतको रिजर्भ बैंक अफ इण्डियाले गर्नु पर्ने थियो तर त्यसो भएन ।

निर्दोषले सजाय पाए जस्तो नोटबन्दी भएको वर्ष वितिसक्दा पनि नेपाललाई आरबीआईले किन यसो गरिरहेछ । अब नेपालमा रहेको करोडौं भारु नोट के होला ? राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि