• होमपेज
  • प्रविधि
  • शरीरभित्र देख्न सक्ने क्यामरा बन्यो

शरीरभित्र देख्न सक्ने क्यामरा बन्यो

  • मङ्लबार, भदौ २०, २०७४
शरीरभित्र देख्न सक्ने क्यामरा बन्यो

एजेन्सी,भदौं २०-

वैज्ञानिकहरुले मानव शरीरभित्र देख्न सक्ने क्यामरा बनाएका छन्। चिकित्सकहरुले ‘इन्डोस्कोपी’ गर्दा पाइप कहाँ कहाँ पुग्यो भनेर प्रस्टसँग जाँच्न यो क्यामरा बनाइएको हो। यसअघि यो सबका लागि महँगा स्क्यान र एक्स-रेमा भर पर्नु पर्थ्यो।

यो नयाँ क्यामराले हाम्रो शरीरभित्रै भएको उज्यालो मार्फत् काम गर्छ। जस्तै शरीरमा इन्डोस्कोप पाइप छिराएपछि त्यसको टुप्पामा प्रकाश हुन्छ। त्यसैको उज्यालोका आधारमा उक्त क्यामराले काम गर्छ। ‘शल्यक्रियाबेला शरीरभित्र कुन उपकरण कहाँ छ भनेर हेर्न एकदमै जरुरी हुन्छ,’ एडिनवर्ग विश्वविद्यालयका प्राध्यापक केभ ढालीवालले भने, ‘यो क्यामरामा धेरै किसिमका काम गर्ने क्षमता छ।’

यो क्यामराको प्रारम्भिक परीक्षण गरिसकिएको छ। उक्त परीक्षणमा यो क्यामरामार्फत् शरीरका तन्तुको २० सेन्टिमिटर तलसम्म हेर्न सकिएको थियो। इन्डोस्कोप शरीरमा सहजै छिर्न सक्ने भए पनि यसलाई अंग र तन्तुहरुले अल्झाउँछन्। अल्झेपछि त्यो सिधा जानुको साटो यताउता पुग्छ। अनि, भने त्यो कहाँ पुग्यो भन्ने थाहा पाउन र भित्रको तस्बिर लिन गाह्रो हुन्छ।

यो नयाँ क्यामराले स–साना कुरा पत्ता लगाउन सक्षम छ। तन्तुमा थोरै मात्र प्रकाश पनि यसले पत्ता लाउन सक्छ। साथै शरीरमा प्रकाश छिर्न कति समय लाग्यो भन्ने पनि यसले रेकर्ड गर्छ। एडिनवर्ग र हेरिओट–वाट विश्वविद्यालयको सहकार्यमा यो प्रविधि तयार गरिएको हो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि