• होमपेज
  • प्रविधि
  • आइएमई पेद्वारा १ रुपैयाँको खेल सार्वजनिक

आइएमई पेद्वारा १ रुपैयाँको खेल सार्वजनिक

  • सोमवार, माघ ८, २०८०
आइएमई पेद्वारा १ रुपैयाँको खेल सार्वजनिक

डिजिटल वालेट “आइएमई पे “ले यहि माघ महिनादेखि आफ्नो एपमा “अहिले नखेले कहिले” नामक १ रुपैयाँको खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ १ रुपैयाँको खेल सुरु गरेको छ ।

खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ कम्पनीले जनाएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले १ रुपैयाँमा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्ने छन् ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५% अतिरिक्त छुट (१५० रुपैयाँसम्म) पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार