काठमाडौँका ३६ जिल्ला कार्यालय खारेज
काठमाडौंका ३६ वटा जिल्ला कार्यालय खारेजमा परेका छन् । काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संविधानअनुसार ती कार्यालयबाट हुने काम स्थानीय तहले गर्ने भएकोले खारेज भएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रण कार्यालय, सरकारी वकिलको कार्यालय, नापी तथा मालपोत, जिल्ला निर्वाचन बाहेकका कार्यालय खारेज भएका छन् […]