• होमपेज
  • समाचार
  • अर्बपति क्लबमा पुग्ने होडबाजीको अर्थतन्त्र

अर्बपति क्लबमा पुग्ने होडबाजीको अर्थतन्त्र

  • शनिबार, भदौ २३, २०७५
अर्बपति क्लबमा पुग्ने होडबाजीको अर्थतन्त्र

नेपालका २८ वाणिज्य बैंकहरू अर्बपछि क्लबमा दिन प्रतिदिन जाने क्रम तीव्र देखिन्छ । २८ वाणिज्य बैंकहरू अर्बपति क्लबमा पुगेका छन् । अर्बपति क्लबको नेपाली अर्थतन्त्र कहिलेसम्म रहने हो । यो हेर्न त बाँकी नै छ । यस्तो होडबाजीले २८ वाणिज्य बैंकहरूलाई नाकाबन्दी, भूकम्प र तरलता अभावले पनि कहिल्यै छोएन ।

अचम्म लाग्ने कुरा त नाफा सधंै कसरी बैंकले कमाउछन् । उनीहरूसँग जादुको छडी नै छ कि कसो ? नेपालको सबै व्यवसाय घाटानाफाबीच चलिरहेको छ । तर बैंकहरू सधैं नाफामै छन् । तँछाडमछाड गरी २८ वाणिज्य बैंक नाफा कमाउने होडबाजीमै छन् ।

सरकारी तीन बैंक र २५ प्राईभेट वाणिज्य बैंकहरू अर्बपति क्लबमा जाने होडबाजी गरिरहेका छन् । जसमध्ये २५ बैंक अर्बपति क्लबमा पुगेका छन् । नाफा अर्बभन्दा बढी आर्जन गरेका छन् ।

प्रायः सबै २८ वटै वाणिज्य बैंकका पछिल्ला वित्तीय विवरण हेर्दा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक अग्रस्थानमा छ भने प्राइभेट बैंकमा सिभिल बैंक लिमिटेड सबैभन्दा कम नाफा कमाउने बैंकभित्र परेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड खुद मुनाफा आर्जनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय बाणिज्य बैंकले गत आर्थिक वर्षमा चार अर्ब ३२ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५५ दशमलव ९२ प्रतिशत बढी हो । नाफाका आधारमा दोस्रो स्थानमा अनिल शाह सीइओ रहेको नबिल बैंकले चार अर्ब पाँच करोड ४७ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ६१ करोड ३२ लाख रूपैयाँ नाफा गरेको बैंकले गत वर्ष १२ दशमलव २२ प्रतिशत प्रगति हासिल गरेको हो । अर्को सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले ४४ दशमलव १३ प्रतिशत नाफा बढाउँदै तीन अर्ब ६७ करोड ३२ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा दुई अर्ब ५४ करोड ८६ लाख रूपैयाँ थियो ।

अर्को ठूलो र प्राइभेट बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र सरकारी बैंक नेपाल बैंकको नाफा पनि तीन अर्बमाथि छ । १४ दहमलव ९२ अंकको वृद्धिसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले १४ दशमलव ९२ प्रतिशत वृद्धि गरी तीन अर्ब ५७ करोड ८८ लाख रूपैयाँ खुद नाफा कमाएको छ भने नेपाल बैंकले ९ दशमलव ०५ प्रतिशत वृद्धिसँगै तीन अर्ब ३९ करोड ९७ लाख रूपैयाँ नाफा गरेको छ ।

दुई अर्बमाथि नाफा गर्ने बैंकहरूमा एभरेष्ट बैंकले दुई अर्ब ७८ करोड ६३ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव ८९ प्रतिशत बढी हो ।

हिमालयन बैंक, ग्लोबल आईएमई बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले क्रमशः दुई अर्ब ४७ करोड ४५ लाख, दुई अर्ब १५ करोड ६५ लाख र दुई अर्ब सात करोड ३३ लाख रूपैयाँ नाफा गरेका छन् । यी बैंकको नाफा क्रमशः १३ दशमलव ६०, ७ दशमलव ५० र ४५ दशमलव ८५ प्रतिशतले बढेको हो ।

एक अर्ब कमाउने बैंकहरूमा नेपाल एसबिआई बैंकले अघिल्लो आर्थिक वर्षको एक अर्ब ५२ करोड ३२ लाख रूपैयाँको तुलनामा २७ दशमलव ९६ प्रतिशत बढाएर गत आर्थिक वर्षमा एक अर्ब ९४ करोड ९१ लाख रूपैयाँ नाफा गरेको छ । प्राइम कमर्सियल बैंकले एक अर्ब ८९ करोड २० लाख रूपैयाँ नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २८ दशमलव ८९ प्रतिशत बढी हो ।

सिद्धार्थ बैंकको नाफा ३३ दशमलव ८१ प्रतिशतले बढेर गत वर्ष एक अर्ब ८५ करोड ४८ लाख रूपैयाँ पुगेको छ । जब कि अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा एक अर्ब ३८ करोड ६१ लाख रूपैयाँ थियो । एनएमबि बैंकले गत वर्ष २३ दशमलव ५५ प्रतिशत प्रगति हासिल गर्दै एक अर्ब ८१ करोड २९ लाख रूपैयाँ नाफा गरेको छ ।

सानिमा बैंकको नाफा एक अर्ब ३० करोड ४१ लाख रूपैयाँबाट २९ दशमलव ८७ प्रतिशतले बढेर एक अर्ब ६९ करोड ३६ लाख रूपैयाँ पुगेको छ । बैंक अफ काठमाण्डूको नाफा एक अर्ब ३१ करोड २३ लाख रूपैयाँबाट १८ दशमलव ०१ प्रतिशत वृद्धि भई एक अर्ब ५४ करोड ४६ लाख रूपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकले एक अर्ब ४९ करोड ६६ लाख रूपैयाँ नाफा कमाएको छ ।

सिटिजन्स बैंकले एक अर्ब ४० करोड ८४ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको एक अर्ब आठ करोड १६ लाख रूपैयाँको तुलनामा ३० दशमलव २१ प्रतिशत बढी हो । सनराइज बैंकको नाफा ११ दशमलव ५४ प्रतिशतले बढेर एक अर्ब ३१ करोड १७ लाख रूपैयाँ पुगेको छ ।

माछापुच्छ्र«े बैंकले एक अर्ब २१ करोड छ लाख रूपैयाँ कमाएको छ । लक्ष्मी बैंकको नाफा एक अर्ब ६६ लाख रूपैयाँबाट १५ दशमलव ८७ प्रतिशतले बढेर एक अर्ब १६ करोड ६३ लाख रूपैयाँ पुगेको छ ।

प्रभु बैंकको नाफा एक अर्ब १२ करोड ९६ लाख रूपैयाँ छ । नेपाल बंगलादेश बैंकको नाफा पनि अघिल्लो आर्थिक वर्षमा एक अर्ब २० करोड तीन लाख रूपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ७ दशमलव ७० प्रतिशतले घटेर एक अर्ब १० करोड ७९ लाख रूपैयाँ कायम भएको छ ।

एनसीसी बैंकले एक अर्ब सात करोड २० लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मेगा बैंकले ७९ करोड ३० लाख रूपैयाँबाट ३२ दशमलव ०५ प्रतिशतले फड्को मार्दै एक अर्ब चार करोड ७१ लाख रूपैयाँ मुनाफाका साथमा अर्बपति क्लबमा प्रवेश गरेको छ । कुमारी बैंक पनि एक अर्ब १४ लाख रूपैयाँ मुनाफा आर्जन गरी पहिलोपटक अर्बपति क्लबमा प्रवेश गरेको छ ।

एक अर्बभन्दा कम नाफा कमाउने बैंकहरूमा जनता बैंक, सेञ्चुरी बैंक र सिभिल बैंकको नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बढे पनि एक अर्बभन्दा कम रहेको छ ।

जनता बैंकले ६३ करोड ३१ लाख रूपैयाँबाट ४७ दशमलव ६४ प्रतिशतको फड्को मारेर ९३ करोड ४७ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सेञ्चुरी बैंकको नाफा ५० करोड १३ लाख रूपैयाँबाट ७४ दशमलव ६७ प्रतिशतले बढेर ८७ करोड ५७ लाख रूपैयाँ पुगेको छ ।

८ अर्ब चुक्ता पूँजी भएका २८ वाणिज्य बैंकहरूको नाफा लोभलाग्दो छ । सधैं नाफा कमाइरहेका छन् । बैंकहरू कहिले घाटामा छैनन् । सुन्दा रमाइलो र अचम्म लाग्ने गर्दछ । दुनियाँमा अरू व्यवसाय घाटामा जान्छन् तर, बैंकमा किन यस्तो हुँदैन । यो एउटा खोजीकै विषय बनेको छ ।

कर्जा खराब भएका छन् । तरलताको चर्को अभाव छ । कर्मचारी खर्च छ । तर दिन प्रतिदिन बैंकहरूले दोब्बर नाफा कमाएका विवरण प्रकाशित गरिरहेका छन् । यसको पुष्टि कसले गर्ने ?  राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि