• होमपेज
  • समाचार
  • रन सुजको डिलर्स मिट सम्पन्न

रन सुजको डिलर्स मिट सम्पन्न

  • सोमवार, भदौ १८, २०७५
रन सुजको डिलर्स मिट सम्पन्न

फुटवेयर क्षेत्रमा स्थापित ब्राण्ड रन सुजले नगरकोटमा डिलर्स मिट सम्पन्न गरेको छ । कम्पनी द्धारा आयोजित सो कार्यक्रममा देशभरबाट सय भन्दा बढी डिलर प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

रन सुज इण्डष्ट्रिज प्रा.लि.को उत्पादन रहेको रन सुजले ब्यवसाय प्रर्वद्धन एवं बृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको हो । सो कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपाने द्धारा उत्कृष्ट डिलरहरुलाई पुरस्कृत गरिएको थियो भने कम्पनीका थप नयाँ २० मोडेलका जुत्ता तथा चप्पलहरु समेत सार्वजनिक गरिएको थियो ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्देशक न्यौपानेले आउदो वर्ष उत्कृष्ठ डिलर तथा विक्रेतालाई सिङ्गापुर भ्रमण गराउने जानकारी गराउनुभयो ।

नेपाललाई जुत्ता चप्पलमा आत्मनिर्भर बनाउन रन सुजले ठुलो योगदान दिएको तथा आगामी दिनमा अझ उच्च प्रविधिको प्रयोग गरी जुत्ता तथा चप्पल उत्पादन गर्नुका साथै उपभोक्ताको चाहना र बजारको आवश्यकता अनुसार फेसन, भेराइटी तथा गुणस्तरियतामा विशेष जोड दिइने बताए ।

कार्यक्रममा उपस्थीत डिलर प्रतिनिधिहरुले सम्वोधन गर्ने क्रममा उपभोक्ताको चाहना र बजारलाई ध्यान दिई उत्पादन ल्याउनुपर्ने महत्वपुर्ण सुझाव दिदै आगामी वर्ष अझ वढी कम्पनीको बजार विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नयाँ सार्वजनिक गरिएका मोडलहरुमा स्पोर्टस सुज, क्याजुयल सुज, पार्टी सुज तथा लेडिज र जेन्ट्सका चप्पलहरु रहेका छन् । रनका नयाँ मोडलका जुत्ताहरु अत्यन्तै आरामदायी र लचकदार हुनुका साथै सुपथ मुल्यमा बजारमा उपलब्ध छन् वजारमा । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)