• होमपेज
  • समाचार
  • अमेरिकन डलरसहित पक्राउ

अमेरिकन डलरसहित पक्राउ

  • मङ्लबार, भदौ १२, २०७५
अमेरिकन डलरसहित पक्राउ

महानगरीय प्रहरी वृत्त लैनचौरले ६१ हजार ६२० अमेरिकन डलरसहित तीनजनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले अवैधरुपमा अमेरिकन डलर लिएर हिँडिरहेको अवस्थामा सुनसरीका अमर विश्वकर्मा, पूर्वी रुकुमका धनबहादुर खड्का र काठमाडौँका रवि श्रेष्ठलाई आज साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अवैध रुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा खानी तथा भूगर्भ विभाग पछाडिबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैङ्कको अनुमतिबिना मनी एक्सचेञ्जबाट रकम साटेर लिएर हिँड्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको वृत्तले जनाएको छ ।

पक्राउ परेकामध्ये विश्वकर्मा सुन पसले, श्रेष्ठ मनी एक्सचेञ्जमा काम गर्ने र खड्का विचौलिया रहेको अनुसन्धानमा खुलेको वृत्त प्रमुख केसीले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने