• होमपेज
  • देश
  • सुनसहित भुटानी नागरिक पक्राउ

सुनसहित भुटानी नागरिक पक्राउ

  • मङ्लबार, भदौ १२, २०७५
सुनसहित भुटानी नागरिक पक्राउ

अवैध रुपमा लैजान लागेको १५७ दशमलव ३२ ग्राम सुनसहित प्रहरीले आज एक जना भुटानी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भुटानी नागरिक छिरिङ नाम्ग्याल रहेको छ । उनी भुटानतर्फ जान लागेका थिए । त्रभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा उनलाई उक्त परिमाणको १६ थान सुनको प्याकेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान एवं कारवाहीका लागि प्रहरीले उनलाई विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ ।
मृत अवस्थामा फेला

बुटवल उपमहानगरपालिका–१ जितगढीस्थित तिनाउ खोलाको किनारमा आज नाम, थर र वतन नखुलेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपराध अनुसन्धान तालीम समापन 
जुनियर प्रहरी अधिकृतहरुका लागि सञ्चालित ३० औँ समूहको अपराध अनुसन्धान तालीम आज सुदूर पश्चिम क्षेत्रीय तालीम केन्द्रमा सम्पन्न भएको छ ।

सो अवसरमा तालीम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक रामकृपाल साहले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालीममा सिकेका सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई कार्य क्षेत्रमा लागू गर्न निर्देशन दिनुभयो ।

कूल ३३ कार्य दिन अवधिको उक्त तालीममा ३० प्रशिक्षार्थी सहभागी थिए ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा