• होमपेज
  • समाचार
  • एनएमबी बैंकको नेतृत्वमा होङ्सी शिवममा १६ अर्ब लगानी

एनएमबी बैंकको नेतृत्वमा होङ्सी शिवममा १६ अर्ब लगानी

  • मङ्लबार, भदौ १९, २०७५
एनएमबी बैंकको नेतृत्वमा होङ्सी शिवममा १६ अर्ब लगानी

नेपाली बैंकिङ उद्योगको इतिहासमा अहिले सम्मकै सबैभन्दा ठूलो कर्जा लगानीको आयोजना– होङसी शिवम् सिमेण्ट अब सफलता पूर्वक सम्पन्न हुने क्रममा पुगेको छ ।

नेपाली मुद्रा १६ अर्ब रुपैयाँको यस सामूहिक ऋण लगानी प्रोजेक्टमा एनएमबि एक प्रमुख बैंकको रुपमा ६ अर्ब ७५ करोड रुपैयाँ, सह–प्रमुख बैंक नेपाल इन्भेस्टमेन्ट बैंकको ४ अर्ब रुपैयाँ र अन्य सदस्य बैंकहरु प्रभु बैंकको ३ अर्ब रुपैयाँ, एभरेष्ट बैंकको १ अर्ब २५ करोड रुपैयाँ र नेपाल एसबिआइ बैंकको १ अर्ब रुपैयाँकर्जा प्रवाह भएको छ ।

७ वर्षको अवधि रहेको यस ऋणका लागि बैंक अफ चाइना र चाइना मिङसेङ बैंकले बैंक सुरक्षण जमानत दिएका छन् ।

होङसी शिवम् सिमेण्टमा होङसी होल्डिङ लि.अन्तर्गतको एक सहायक प्रतिष्ठान हङकङ रेड लायन सिमेण्ट नम्बर ३ को ७० प्रतिशत हिस्सा र शिवम् सिमेण्ट लि.को एक सहायक प्रतिष्ठान शिवम् होल्डिङ प्रा.लि.को ३० प्रतिशत हिस्सा रहेको छ । होङसी शिवम् सिमेण्टले धितो पत्र बोर्ड र नेपाल राष्ट्र् बैंकबाट रु ९.८२ अर्ब रुपैयाँ FDI को स्वीकृति लिएको छ ।

कारखाना पूर्ण क्षमतामा संचालन भए पश्चात् यसको प्रतिदिन क्लिन्कर र सिमेण्ट उत्पादन क्षमता ६००० टन (१२०,००० बोरा सिमेण्ट प्रतिदिन) पुग्नेछ । साथै कारखाना आफैले पनि कारखाना संचालनका लागि आवश्यक पर्ने ५० मेगावाट मध्ये १२ मेगावाट विद्युत फोहर वस्तुको तापबाट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै होङसी शिवम् सिमेण्टका निर्देशक लाइवीपेङले भने ः–हामी आयोजनाको आर्थिक पक्षको व्यवस्थापन गर्न पाएकोमा हर्षित छौं, जसले होङसी शिवम् सिमेण्टलाई नेपालकै सबैभन्दा ठूलो सिमेण्ट कारखाना बनाएको छ ।

एनएमबि बैंक देशको दिगो विकासमा योगदान पुर्याउने किसिमका आयोजना तथा क्षेत्रहरुमा सहयोग प्रदान गर्नमा विश्वास राख्दछ । यस प्रकारका आयोजनाहरुले देशमा पूर्वाधार निर्माणमा योगदान पुर्याउछ, FDI को लागि प्रोत्साहित गर्दछ र रोजगार सृजना गर्नमा मद्दत पुग्दछ । एनएमबि बैंकका सिइओ सुनिल के.सी.ले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने