स्मार्ट लकडाउन केही खुकुलो हुने, सात देशका लागि हवाई उडान खोलिने
स्मार्ट लकडाउन केही खुकुलो हुने भनिएको छ। तर, धेरैलाई स्मार्ट लकडाउन के हो भन्नेमै अन्यौलता छ। ‘निषेधाज्ञा र लकडाउनभन्दा अर्को विकल्प हो स्मार्ट लकडाउन। यसमा मानिसले केही सहज अनुभूति गर्छन्। सबै क्षेत्रमा बन्देज लगाइएको हुँदैन,’ कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुख पूर्वरथी बालानन्द शर्माले भने। लकडाउन गर्दा सार्वजनिक तथा निजी यातायात सबै बन्द गएका थिए। […]