• होमपेज
  • समाचार
  • लकडाउन एक साता थप, रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा

लकडाउन एक साता थप, रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा

  • सोमवार, जेष्ठ ३१, २०७८
लकडाउन एक साता थप, रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा

एक साता थप गरिएको लकडाउनमा बैंक तथा वित्तीय सेवा सञ्चालनमा भने पुरानै व्यवस्था यथावत रहेको छ । बैंक तथा वित्तीय क्षेत्र सञ्चालनका लागि नेपाल राष्ट बैंकले बनाएको नियम अनुसार सञ्चालन गर्न पर्ने आइतबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णयमा उल्लेख छ ।

त्यस्तै बीमा कम्पनी र धितोपत्र बोर्डले भने २० प्रतिशत कर्मचारी परिचालन गरेर कार्यालय सञ्चालन गर्न पर्ने नयाँ व्यवस्था रहेको छ । त्यस्तै, रेमिट्यान्स र सहकारी संस्थाभने हप्तामा दुई दिन( आइतबार र विहीबार) मात्र खोल्न पाइने छ ।

काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालयका ३३ प्रतिशत कर्मचारी र ३ वटा शाखा कार्यालयमा २५ प्रतिशत कर्मचारीबाट आफ्नो सेवा सञ्चालन गर्न पर्ने पुरानै व्यवस्था यथावत रहेको नेपाल राष्ट बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए । त्यस्तै विकास बैंकको हकमा प्रधान कार्यालय ३३ प्रतिशत कर्मचारी र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२५ प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गर्दै मोडालिटी पनि परिवर्तन गरेका छन् ।  होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाइने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि