• होमपेज
  • समाचार
  • स्वास्थ्यमन्त्रीको सम्पत्तिः २२ तोला सुन,२० लाख सेयरमा लगानी

स्वास्थ्यमन्त्रीको सम्पत्तिः २२ तोला सुन,२० लाख सेयरमा लगानी

  • बिहिबार, जेष्ठ २७, २०७८
स्वास्थ्यमन्त्रीको सम्पत्तिः २२ तोला सुन,२० लाख सेयरमा लगानी

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रि भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका तामाङको सम्पत्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो । मन्त्री तामाङ र उनकी श्रीमती उषाकला राईको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । तामाङ दम्पतीका नाममा विभिन्न ४ जिल्लाका १५ ठाउँमा जग्गा, काठमाडौंको गोकर्णेश्वरमा घर, विभिन्न बैंकमा साढे ३ लाख जति नगद मौज्दात, २० लाख रुपैयाँ बराबरको विभिन्न संस्थाको सेयर, एउटा गाडी, एउटा मोटरसाईकल, २२ तोला सुन र २ थान ल्यापटप रहेको छ । त्यस्तै, ७१ लाख रुपैयाँ बराबरको ऋण तिर्न बाँकी रहेको पनि सम्पत्ति विवरणमा खुलाइएको छ ।

स्वास्थ्यमन्त्री तामाङकी पत्नी उषाकला राई प्रदेश नम्बर १ को प्रदेश सभा सांसद हुन् । उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ मा ३ आना ३ पैसा २ दाम जग्गामा बनेको अढाई तले घर रहेको छ भने मन्त्री तामाङको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा ६ आना २ पैसा १ दाम जग्गा रहेको छ ।

त्यस्तै, तामाङको नाममा सिन्धुपाल्चोक जिल्लाको सन्धुकोटमा ८ रोपनी, १४ आना १ पैसा २ दाम र मेलम्चीमा ९ रोपनी ६ आना १ पैसा १ दाम रहेको छ । यो सबै मन्त्री तामाङको पूर्खौली सम्पत्ति रहेको र अंशका रुपमा पाएको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै, उषाकला राईका नाममा मोरङका विभिन्न ९ स्थानमा जग्गा रहेको देखिन्छ । राईको नाममा खोटाङमा मात्र १०५ रोपनी जग्गा रहेको छ ।

तामाङ दम्पतीको पुख्र्यौली सम्पत्तिका रुपमा २२ तोला सुन रहेको उल्लेख छ । शेर बहादुर तामाङको नाममा रहेको एभरेष्ट बैंकमा २ लाख १६ हजार १२५ रुपैयाँ, र उनीकी पत्नी उषाकला राईको नाममा राष्ट्रिय वाणिज्य बैंकमा ७६ हजार २२५ र कृषि विकास बैंकमा ३५ हजार रुपैयाँ नगद मौज्दात रहेको छ । तामाङ दम्पतीका नाममा विभिन्न संस्थाको २० लाख रुपैयाँ बराबरको सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ । तामाङका नाममा विभिन्न कम्पनीको ५ लाख रुपैयाँ बराबरको सेयर रहेको देखिन्छ भने उषाकला राईको नाममा ओम श्रीजल प्रालीको १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता सेयर रहेको छ ।

तामाङ दम्पतीले करिब ७१ लाख रुपैयाँ बराबरको ऋण तिर्न बाँकी रहेको देखिन्छ । उनीहरुले कृषि विकास बैंकबाट ४८ लाख रुपैयाँ बराबर ऋण लिएकोमा ३२ लाख रुपैयाँ तिरिसकेको र १६ लाख रुपैयाँ मासिक किस्ताका रुपमा तिर्न बाँकी रहेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् । त्यस्तै, एमएडब्लु इन्भेस्टमेन्ट प्रालीबाट किस्ताबन्दीमा ५४ लाख रुपैयाँ बराबरको गाडी लिएकोमा १८ लाख तिरिसकेको र बाँकी ३६ लाख रुपैयाँ तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।

२२ लाख रुपैयाँ बराबरको अन्य ऋण रहेकोमा ३ लाख बराबर तिरिसकेको र १९ लाख रुपैयाँ तिर्न बाँकी रहेको विवरण खुलाईएको छ । उषाकला राईका नाममा एउटा कार र तामाङका नाममा एउटा मोटरसाइकल रहेको छ । त्यस्तै २ थान ल्यापटप र ३ थान मोबाईल पनि आफ्नो सम्पत्तिका रुपमा रहेको तामाङले खुलाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि