• होमपेज
  • समाचार
  • निजी क्षेत्रलाई पनि नून कारोबार खुला

निजी क्षेत्रलाई पनि नून कारोबार खुला

  • शनिबार, जेष्ठ १५, २०७८
निजी क्षेत्रलाई पनि नून कारोबार खुला

साल्ट ट्रेडिङ कर्पोरेशनको नूनको एकाधिकार तोडिएको छ। सरकारले आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐनमा निजी क्षेत्रलाई समेत नून ल्याउने बाटो खुला गरेको हो।

लामो समयदेखि नून कारोबारमा निजी क्षेत्र सहभागी गराउन लबिङ भएपनि अहिलेको बजेटबाट खुल्ला भएको हो। प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोती दुगडको दबाबमा निजी क्षेत्रलाई खुला गरिएको हो। उनी नुन कारोबारमा आउन चाहेका थिए। सेञ्चुरी ग्रुपको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्ट्स प्रालि विराटनगरले  स्प्रिंकल टेवल साल्ट (नून) बिक्री गर्दै आएको छ। अनुमति नलिई दुगडको यो कम्पनीले नून बिक्री गर्दै आएको छ। नूनको कारोबार अर्बौको रहेकोले यसमा निजी क्षेत्रको आँखा लाग्दै आएको थियो।

बजारमा रहेको एकाधिकार तोड्ने रणनीति अनुसार सरकारले बजेटमार्फत निजी क्षेत्रलाई खुला गरेको हो। मन्त्री पौडेलले गुणस्तरीय नून उत्पादन बिक्री गर्न निजी क्षेत्रलाई समेत समावेश गरिने बताएका छन्।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा