• होमपेज
  • समाचार
  • प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश

  • बुधबार, जेष्ठ २६, २०७८
प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो आदेश जारी गरेको हो । इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ ।

आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवले बहस गर्नुभएको थियो । आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।

Facebook Comments

सम्बन्धित समाचार