• होमपेज
  • समाचार
  • सरकारले कर तिर्न तालिका सार्वजनिक गर्यो

सरकारले कर तिर्न तालिका सार्वजनिक गर्यो

  • बिहिबार, असार ३, २०७८
सरकारले कर तिर्न तालिका सार्वजनिक गर्यो

आन्तरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ । विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने तालिका सार्वजनिक गरेको छ ।

विभागले बुधबार सार्वजनिक गरेको सूचनामा मूल्य अभिवृद्धि कर(भ्याट) २०७७ चैत्र र २०७८ बैशाख महिनाको मासिक तथा २०७७ चैत्र र २०७८ बैशाखको द्धिमासिकको कर २०७८ असार २५ गतेभित्र तिरिसक्ने सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै, आयकर ऐन २०५८ बमोजिमका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाको बुझाउन पर्ने अग्रीम करकट्टी रकम असार २५ गतेभित्र बुझाउन भनेको छ । अन्तशुल्क ऐन २०५८ अनुसारका कर २०७७ चैत्र र २०७८ बैशाख महिनाभित्रका बुझाउन पर्ने अन्तशुल्क असार २५भित्र बुझाउन पर्ने छ ।

त्यस्तै, २०७७ चैत्र र २०७८ बैशाखको शिक्षा सेवा कर, टेलिफोन स्वामित्व कर, दूरसञ्चार ुसेवा दूस्तुर पनि असार २५ गतेभित्र बुझाउ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार