समस्याको समाधान नै चिया !
न्यूरोडमा सामान किन्दै गर्नुभएका बर्दिया बाँसगढी नगरपालिका–५ का मनबहादुर भण्डारीलाई पिसाब लाग्यो, न शहरमा चिनेजानेको पसल छ, न त कोही आफन्त नै छ । उहाँ हतारमा एउटा चिया पसलमा छिर्नुभयो । साहुजीलाई चिया पकाउन अ¥हाउँदै शौचालयको सोधीखोजी गरेर शौच गर्न जानुभयो । सामान किन्नकै लागि नेपालगञ्ज आउनुभएका भण्डारीलाई चिया पिउनुभन्दा पनि पिसाब फेर्नुपर्ने थियो । […]