• होमपेज
  • कोरोना अपडेट
  • कोरोना भाइरस (कोभिड(१९) र स्थानीय सरकारको दायित्व

कोरोना भाइरस (कोभिड(१९) र स्थानीय सरकारको दायित्व

  • बिहिबार, चैत्र २०, २०७६
कोरोना भाइरस (कोभिड(१९) र स्थानीय सरकारको दायित्व

देशमा लोकतन्त्र आयो मुलुक संघियतामा गयो जनताले प्रत्यक्ष छनोट । लामो समयको अन्तराल पछि जनाताले आफ्नो प्रतिनिधि छनोट गर्ने अवसर प्राप्त गरे । जस अनुसार ७ सय ५३ वटै स्थानीय तहका स्थानीय सरकार प्रमुखहरुको छनोट भयो । जनताको समस्या लिएर केन्द्र धाउन नपर्ने अवस्था सृजना भयो । तथापी जनताको चाहना धेरै थियो या स्थानिय सरकार प्रखुमहरुले जनताको अपेच्छा अनुसार खरो रुपमा उत्रन सकेनन् । राजनितिलाई सेवा नभई पेसामा परिणत भयो यो सुखद भएन ।

कोरोना भाइरस (कोभिड(१९) भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वहानमा देखिएको थिया । त्यसयताको तीन महिनाको अवधिमा यो भाइरस विश्वका २ सय देश तथा क्षेत्रमा देखिएको छ । सोमबारसम्म कोरोनाबाट विश्वभर ७ लाख ८५ हजार ७ सय ७७ जनामा संक्रमण भएको पुष्टि भएको छ भने यीमध्ये ३७ हजार ८ सय १५ जनाको मृत्यु भइसकेको छ । कोभिड १९ को पछिल्ललो सिकार नेपाल पनि भयो ।

कोरोना भाइरस (कोभिड(१९) को संक्रमण धेरै देशका जनता निक्ल्यो । तेस्रो मुलुकबाट फकने संग कोरोना भाईरस नेपाल भित्रियो । कोरोना भाइरस (कोभिड(१९)ले नेपालमा आज सम्म कुनै मानविय क्षेति भएको छैन । राज्यले गरेको प्रयास अनुकरणीय छ । तथापि समयमा नै हवाई मार्ग र स्थल मार्गबाट नेपाल भित्रिनेको विवरण राख्न नक्नु् हाम्रो प्रमुख कमजोरी रहयो । लकडाउनले कोरोना भाइरस (कोभिड(१९) को सम्भावित खतरा केहि कम पक्कै गरे पनि यो पर्यात छैन । कोरोना भाईरसको संक्रमण देखिएको नवौं दिन सम्म पनि तेस्रो मुलुकबाट फर्किएकाहरुको खोजी गर्न नसक्नु नै हाम्रो कमजोरी रहन गयो ।

लकडाउन भएको नवौं दिन सम्म पनि हवाई मार्ग र स्थलमार्गबाट नेपाल भित्रिनेको विवरण खोजनु दयनीय अवस्थाको बिम्ब हो । ७ सय ५३ वटै स्थानीय तहले आ आफ्नो क्षेत्रमा बिदेशबाट आएकाहरुको विवरण तयार पार्ने र उनीहरुमाथि निगरानी राख्ने काम पूर्ण रुपमा गर्न नसक्नुको जस अपजस कसले लिर्ने । यसको ज्वलन्त उदाहरण काठमाडौं जिल्लाका केहि नगरपालिका छन् ।

पछिल्लो तथ्यांङ्क अनुसार नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड(१९)को संक्रमणको शंकामा ९ सय ९३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । यी मध्ये ५ जनामा मात्र कारोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये एकजना निको भइ घर फर्कि सकेका छन् भने ४ जना अहिले अस्पतालमा उपचारत छन् । नेपालमा जति पनि संक्रमित भेटिएका छन् ती सबै विदेशबाट आएकाहरुमा देखिएको छ । यसकारण सरकारले विदेशबाट आएकाहरुको विवरण संकलन गर्ने र निगरानीमा राख्ने कार्य तिब्र गतिमा अघि बढाउनु जरुरी छ ।

‘विदेशबाट आउनु भएकाहरुको विवरण तयार पारिरहेको छौं’ भनेर मात्र सरोकारवालाहरु त सुरक्षित होलान् तर आम जनता सुरक्षित कदापि हुने छैनन् । विदेशबाट आउने व्यक्तिहरुको ट्रेसिङ गर्ने, विवरण अद्यावधिक र नमुना संकलन गर्ने तर्फ राज्यको समयमा नै ध्यान जान जरुरी छ ।

समस्या छ त्यसैले पीडा छ, पीडा छ त्यसैले समस्या छ । जाताले चुनेका जनप्रतिनिधि छन्, स्थानिय सरकार छ, व्यवस्था छ तर पनि वास्तविक समस्या भन्दा पनि कृत्रिम समस्याको खेती गर्नेहरु झांगिएका छन् । राज्यका सबै निकाय क्रियासील हुने हो भने कृत्रिम समस्याको खेती गर्नेहरु पक्कै निरुत्साहित हुनेछन् ।

हवाई मार्ग र स्थल मार्गबाट आफनो आफ्नो वडा र नगरपालिका÷गाउँपालिकामा प्रवेश गर्नेको विवरण र सबैको स्वास्थय अवस्थाको विवरण तयार गरी तालुकदार नियाक संग समनय गर्ने दायित्व स्थानिय सरकारको हो । हाम्रा राजनितिक दलहरुको बलियो र संगठित समूह छ । यसको परिचालन गर्ने घडि यहि हो । यस्ता समुह र संगठनले दलको मात्र होईन जनताको पनि सेवा गर्छ भनेर प्रमाणित गर्न ढिला भैसक्यो । सत्ता पक्ष र विपक्ष नभनि एक जुट भएर यो प्रकोपको सामना गर्नु पर्छ । संकटको घडिमा दल मात्रै होईन दल निकट भात्री संगठनहरुले पनि राज्य संचालन गर्ने दलहरुलाई सहयोग गर्नु पर्छ । भात्री संगठनको काम बन्द, हड्ताल, बिरोधसधा र दलको झण्डा र झोला मात्र बोक्ने हैन भन्ने प्रमाणित गर्नु पर्छ । संङ्कटका बेला स्थानिय सरकार, स्थानिय दल र नागरिक समाज सबैको हातेमालो हुन जरुरी छ । (danukarki@gmail.com)

Facebook Comments

सम्बन्धित समाचार