• होमपेज
  • विचार/ब्लग
  • कविता:नयाँ बर्ष

कविता:नयाँ बर्ष

  • आइतवार, चैत्र ३०, २०७६
कविता:नयाँ बर्ष

तिम्रो यो आगमन संगै
मलाई भयानक डर छ
भित्ताले नयाँ क्यालेन्डर देख्दा
परदेशीले घरको आगन देख्छ देख्दैन् ?
क्यालेन्डर संगै कति फोटाहरू झुन्डिएलान् भनेर?

मलाई तिमी आउनु संग उत्साह छैन्
जस्तो भइरहेको छ कसैले मास्क ल्याउदा
गरिबको पेटमा भोक बल्दा कसैले रासन ल्याउदा
अझ भनु सेता कपडाका भगवान देख्दा

यता तिमी भन्दा पनि नौलो भएको छ
पसलमा झुण्डाएको स्कुलले झोला
गाता हाल्दा मीठो बास्ना आउने ती किताब
अझ भनु पिजडाको चरी जस्तो मान्छे

अझ तिमी भन्दा पनि छिटो
कति हो कति गुणा छिटो आएकोछन् मृत्युको हुरी
र अकालमै उडाइ रहेकोछ सुन्दर जिन्दगी

मेरो बिन्ती छ नयाँ बर्ष
यो धर्तीमा आसुका इन्द्रावती नबगाइदेउ है
सुन्दर बगैंचाहरू,सडकहरूलाई चिहान नबनाइदेउ है

तर मलाई आशा छ
नयाँ बर्ष तिमी अमृत भनेर आउनेछौं ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि