उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु
सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जारी रहेको छ । […]