• होमपेज
  • अर्थ/वाणिज्य
  • सेञ्चुरी कमर्सियल बैंकको शाखा चौरपाटीमा

सेञ्चुरी कमर्सियल बैंकको शाखा चौरपाटीमा

  • आइतवार, चैत्र ३, २०७५
सेञ्चुरी कमर्सियल बैंकको शाखा चौरपाटीमा

सेञ्चुरी कमर्सियल बैंकले शाखा कार्यालयहरु विस्तार गर्दै जाने क्रममा अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको सम–उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा तथा बैंकका संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानिय जनप्रतीनिधिहरु तथा स्थानिय व्यवसायीहरुको उपस्थिती थियो ।

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार