• होमपेज
  • फिचर
  • एनआईसी एशिया बैंक लिमिटेड भित्र डरलाग्दो घोटला काण्डः नक्कली धितो राखी ६ करोड कर्जा प्रवाह ?

एनआईसी एशिया बैंक लिमिटेड भित्र डरलाग्दो घोटला काण्डः नक्कली धितो राखी ६ करोड कर्जा प्रवाह ?

  • शनिबार, फाल्गुन १, २०७७
एनआईसी एशिया बैंक लिमिटेड भित्र डरलाग्दो घोटला काण्डः नक्कली धितो राखी ६ करोड कर्जा प्रवाह ?

बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि भने बहुचर्चित नारा तयार गरि आक्रमकरुपमा बजारमा आएको एनआईसी एशिया बैंक लिमिटेड भित्र डरलाग्दो घोटला काण्ड फेला परेको छ ।
आफूलाई नेपालकै ठूलो बैंक बताउदै आएको एनआईसी एशिया बैंक लिमिटेडले नक्कली धितो राखी दिएको ६ करोड जनताको डिपोजिटको पैसा फसेको छ भन्दा फरक पर्दैन ।

एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेको कोर टिमले अरु २६ वाणिज्य बैंकहरु भन्दा फरक बैंक बनाउने नाममा अन्धाधुन्द कर्जा प्रवाह गर्दै आएको खुलेको छ । चाडो नाफा कमाउने अरु बैंकलाई देखाई दिने भन्दै सबै शाखाका प्रमुखहरुलाई यति व्यापार गर्न भन्दै निर्देशन नै जारी गरेपछि धेरै कर्जा प्रक्रिया विपरित दिएको समेत राष्ट्र बैंककै बुझाई छ ।

एनआईसी एशिया बैंक लिमिटेडले एउटा कम्पनीको गोदाममा अर्को व्यक्तिको नामबाट कर्जा दिएर नयाँ चमत्कार गरेको छ भन्दा फरक पर्दैन । चमत्कार नै चमत्कार गर्दै आएको एनआईसी एशिया बैंक लिमिटेडले विराटनगरको रोहित पारखलाई ६ करोड नक्कली धितो राखी कर्जा दिएको भेटिएको छ । गर्भनर साब हेक्का होस् ।

विराटनगर शाखाका कर्मचारीहरुकै मिलोमतोमा कर्जा दिएपनि बैंकले आफूल बदनाम हुने डरले उक्त घटना नेपाल प्रहरीको (सीआईबी) मार्फत फाइल नपठाएको भेटिएको छ ।
बैंकले कर्जा दिएका रोहित पारख सबै सम्पत्ती विक्री वितरण गरि बैंकको ६ करोड समेत लिएर स–परिवार भारत भागेको भेटिएको छ । भनिन्छ एनआईसी एशिया बैंकले अर्कोको गोदाममा ताल्चा लगाएर चुपचाप बसेको देखिन्छ । कथा मिठो छ, बैंक बोल्दैन, नेपाल राष्ट्र बैंक सोध्दैन ।

बिराटनगरका व्यापारी रोहित पारख । जो बैंकलाई करोडौं रुपैयाँ ठगेर अहिले भारत फरार भएका छन् भन्दा फरक पर्दैन । एनआइसी एशिया बैंक लिमिटेडबाट करोडौं रुपैयाँ ऋण लिएर फरार भएका रोहित पारखले आफ्नो हुँदै नभएको सम्पत्तिलाई आफ्नो भनी बैंकलाई झुक्याएर बैंकबाट कर्जा लिएको भेटिएको छ । आफैंले अरु कसैलाई बहालमा दिएको गोदाममा राखिएको मालसामाग्री आफ्नो हो भनी एनआइसी एशिया बैंकबाट ६ करोड कर्जा लिएका उनी अहिले बैंकसँग सम्पर्कमा छैनन् । पारखले विराटनगरस्थित एनआईसी बैंकबाट साढे ६ करोड कर्जा निकालेका थिए । मोरङको कटहरी गाँउपालिका ४ मा रहेको आफ्नो जग्गा र गोदाम पारखले विराटनगरकै ब्यापारिक प्रतिष्ठान शिव भगवती ट्रेडर्सलाई बहालमा दिएको भेटिएको छ ।

शिव भगवती टे«डर्सले विगत ९ बर्षदेखि पारखको जग्गा र गोदाम भाडामा लिएर आफ्नो ब्यापार गर्दै आएको देखिन्छ । तर त्यहि गोदाममा भएको समान आफ्नो हो भनी देखाएर रोहित पारखले एनआइसी एशिया बैंकबाट ६ करोड रुपैयाँ ऋण निकाल्न सफल भएका छन् भन्दा फरक पर्दैन । यो कस्तो बैकिङ्ग हो गर्भनर साब ।

शिव भगवती ट्रेडर्सलाई आफ्नो जग्गा र गोदाम बहालमा दिएका थिए पारखले । र सो गोदाममा उनको होइन शिव भगवती ट्रेडर्सको हो । शिव भगवतीले विगत ९ बर्षदेखि पारखको जग्गा र गोदाम भाडामा लिएर आफ्नो ब्यापार गर्दै आएको थियो र अहिले पनि व्यापार गरिरहेको छ । तर पारखले आफ्नो भनी बैंकबाट ऋण निकालेकाले बैंकले ऋण नतिरेको भन्दै अहिले सो गोदाममा एनआईसी एशिया बैंकले ताला लगाईदिएको छ, जसका कारण शिव भगवती ट्रेडर्सको १० करोड बढीको गहुँ र मकै पारखको गोदाममा थन्किएको र कुहिन थालेको छ ।

हाल फरार भएका पारखले एनआइसी एशिया बैंकका कर्मचारीहरुसंगको मिलमोतोमा शिव भगवती टे«डर्सले भण्डारण गरिराखेको खाद्यान्नपनि आफ्नो भन्दै साँढे ६ करोड रुपैयाँ कर्जा दिएको देखिन्छ । यो कस्तो बैकिङ्ग हो गर्भनर साब ? तर पारख एकाएक सम्पर्कमा नआएपछी एनआइसी एशिया बैंकले उक्त गोदाममा ताला लगाईदियो । एनआइसी एशिया बैंकले ताला लगाईदिएको खबर एनसीसी बैंकसम्म पुग्यो जुन बैंकसंग शिव भगवती ट्रेडर्सले कारोबार गरिरहेको थियो । एनसीसी बैंकले पनि कर्जा जोखिममा परेको देखेपछी आफ्नो बैंकका तर्फबाट पनि उक्त गोदाममा ताला लगाई दिएको देखिन्छ । दुवै बैंकले ताला लगाईदिएपछि आफ्नो मालसामानको सुरक्षा जोखिम देखेपछी अहिले सो गोदाममा शिव भगवति टे«डर्सले समेत आफै ताला लगाईदिएको भेर्टिको छ । यसरी एउटै गोदाममा अहिले तीन ताला छन् । भन्दा फरक पर्दैन ।

रोहित पारख फरार भएको थाहा पाएपछि उनलाई हचुवाको भरमा कर्जा प्रवाह गर्ने एनआईसी बैंकले पौष ३ मा ताला लगाएको थियो । आफ्नो ग्राहकको गोदाममा अर्कै बैंकले ताला लगाईदिएको खबर पाएपछि एनसीसी बैंकले पौष ८ मा सोहि गोदाममा ताला लगाईदिएको देखिन्छ । शिवभगवती ट्रेडर्सले लामो समयदेखि सो ठाउँमा गोदाम संचालन गरिरहेको थियो भने एनसीसी बैंकबाट कर्जा लिएर कारोबार गर्दै आएको थियो । तर, एनआइसी एशिया बैंकका कर्मचारीहरुले गरेको भित्री मिलेमतोका कारण पारखले ऋण पाए र सो ऋण लिएर उनी अहिले भारत फरार छन्, गर्भनर साब हेक्का होस् ।

बिराटनगरमा व्यवसाय गरिरहेका रोहित पारखको व्यवहार धेरै अघिदेखि बिग्रिरहेको थियो । उनी पैसा नभएर निकै छट्पटाएका थिए । उनको व्यवहार यतिसम्म बिग्रिएको थियो कि अव कसैले पनि उनलाई ऋण सापट पत्याउने अवस्था भएन । यहि बेला एनआइसी एशिया बैंकले उनलाई ६ करोड ऋण दिन्छु भनेपछि उनलाई एनआइसी एशिया बैंक बैंकले भनेजस्तै बैंक पनि साथी पनि, सावित भयो, भन्दा फरक पर्दैन । बैंकका कर्मचारीको मिलेमतोमा उनले बैंकबाट ६ करोड रुपैयाँ निकाल्न सफल भएको देखिन्छ ।

आफ्नो हुँदै नभएको सम्पत्ति धितो राखेर एनआइसी एशिया बैंकबाट ऋण निकाल्न सफल भएका पारख ऋणको रकम निस्किएलगत्तै सपरिवार आफ्नो शनिहाटस्थित घरबाट फरार छन् । भन्दा फरक पर्दैन ।
देशकै सबै भन्दा ठुलो बैंक आफूलाई बताउँदै आएको एनआइसी एशिया बैंकले कर्जा प्रवाह गर्दा थुप्रै ठाउँमा बदमासी गरेको नेपाली बैंकिङ क्षेत्रमा सुनिदै आएको पनि हो । कर्जा प्रवाहमा कर्मचारीहरुलाई दिइएको अनावश्यक टार्गेटले अझ समस्या निम्त्याएको देखिन्छ । अझ कर्जा प्रवाहमा एनआइसी एशिया बैंक अरु बैंकभन्दा धेरै लचक पनि छ । जसरी हुन्छ व्यवसाय बढाउने ध्यानमा लागेको एनआइसी एशिया बैंक त्यो बेला फस्यो, जुन बेला व्यापार बढाउने नाममा बैंकले लगानी गरेका व्यक्ति फरार भए र उनले राखेको धितोसमेत नक्कली भएको खुलासा भयो । गर्भनर साब ।

एनआइसी एशिया बैंकले लापरवाही गरेको यो पहिलो घटना भने होइन । हुँदै नभएको कर्जाउपर ऋण दिने, एउटा फर्मको रकम अर्कै कम्पनीमा हालिदिने, कागज नै नपुर्याई कर्जा दिने लगायतका काम एनआइसी एशिया बैंकले पटक÷पटक गरिरहेको देखिन्छ । तर, निरिह राष्ट्र बैंक बोल्दैन । यो चाहि खोजीकै विषय बनेको छ । बैंकले दिएको टार्गेटको मारमा बैंक शाखा मेनेजरहरुले यतिसम्म हतारो गरिरहेका छन् कि उनीहरु कुन बेला आफु फसिसकें भन्ने कुरा पनि पत्ता लगाउँन नसक्ने अवस्थामा छन्, भन्दा फरक पर्दैन । बैंकले दिएको यस्तै तनावका कारण एनआईसी एशिया बैंकका प्रदेश नम्बर १ का अधिकाशं शाखा प्रमुख लगायत थुप्रै कर्मचारीहरु बैंक छोड्ने मनस्थितिमा पुगिसकेका देखिन्छ ।
आफूलाई फरक वाणिज्य बैंक बनाउने नाममा जनताको डिपोजिटबाट नक्कली कर्जा दिने बैंक नेतृत्वले सञ्चारमाध्याममा बोल्नु पर्दछ कि पर्दैन ? यो खोजीकै विषय बनेको देखिन्छ । सचेत भया ।

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने