• होमपेज
  • लोक दोहोरी
  • हेम र जमुनाले ल्याए नाच्न आकी छु…

हेम र जमुनाले ल्याए नाच्न आकी छु…

  • शुक्रबार, साउन ९, २०७७
हेम र जमुनाले ल्याए नाच्न आकी छु…

काठे गीतमा आफ्नो छुट्टै परिचय बनाएका कलाकार गायक हेम श्रेष्ठले यतीबेला नयाँ तीज गीत दर्शक श्रोतामाझ ल्याएका छन् । नजिकिँदै गरेको हरितालिका तीज पर्वलाई लक्षित गरेर यसपटक उनले गायिका जुमना श्रीपालीसँग युगल गायनमा नयाँ तीज भाका ‘नाच्न आकी छु…’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियो युट्युवबाट रिलिज गरेका छन् ।

गत वर्ष आउ आउ काली नाचौंन…तीज गीत ल्याएका हेमका यस अघि रामेछाप ओखलढुँगा…, नाकको मुन्द्रा…, लिपुलेक कालापानी….जस्ता थुप्रै गीत बजारमा आएका छन् ।

यसपालीको नयाँ तीज गीतको संगीत गायक हेम आफैंले सृजना गरेका छन् । यो तीज गीतमा रामकृष्ण थापाको संगीत संयोजन रहेको छ । गीतको शब्द कविता कार्कीले लेखेकी हुन् । यो गीतको भिडियोलाई सर्वसम्मान म्युजिकले युट्युव च्यानलबाट रिलिज गरेको हो ।
यो गीतको भिडियोमा शिशिर बुढाथोकीले नृत्य निदेृशन गरेका हुन् । जसमा सागर गौतमको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको छ । यो गीतमा प्रकाश तामाङ, सम्झना थोकर, सोफिया र धिरजले अभिनय गरेका छन् । यो गीतको भिडियो निर्देशन प्रकाश क्षत्रीले गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि