• होमपेज
  • मनोरञ्जन
  • ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने

‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने

  • शुक्रबार, साउन ९, २०७७
‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने

गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’ बारपाक बिर चक्र भिसी गजे घलेको गाउँ हो। बारपाकमा घले र गुरुङको ठुलो बस्ति रहेको छ। लक डाउनको समयमा चलचित्रको स्क्रिप्ट तयार पारिएको छ।

‘बारपाकी माया २’ मा बिसेष गरेर बारपाकको जन जीवन र त्यहाँको रहन सहनलाई बिसेष रुपमा समेटिने छ। करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायाँकन उत्तरी गोर्खाको बारपाक,लाप्राक,मम्चे डाँडा,धार्छे जस्ता रमणीय स्थानहरुमा गरिनेछ।

२०७२ सालको महाभुकप्म अघि बनेको चलचित्रले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरेको थियो महाभुकम्पले उक्त गाउँ तहस नहस भएको थियो अहिले पुनर्निर्माण पछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया २’ले समेट्ने छ। लक डाउनको समाप्ति संगै नेपाल सरकारले छायांकन गर्ने अनुमति दिना साथ छायाँकनमा जाने तयारीमा रहेको छ।

‘बारपाकी माया’ लाई दर्शकहरुले रुचाएको कारण नै यसको सिक्वेल निर्माण गर्न लागिएको हो। चलचित्रमा केहि कलाकार पुराना दोहोरिने र धेरै नयाँ रहने छन्। चलचित्रको लागी कलाकारहरु अडिसन मार्फत छानिने छ। चलचित्र निर्माण कम्पनीले चलचित्रमा काम गर्न चाहनेहरुले अडिसनमा भाग लिन आव्हान गरेको छ।

चलचित्रलाई रोधी डिजिटल स्टुडियोका प्रितम गुरुङले निर्देशन गरेका हुन् । ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ लाई पनि निर्देशक प्रितम गुरुङले नै निर्देशन गर्ने छन्।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि