• होमपेज
  • लोक दोहोरी
  • गायिका विष्णु परियारको आवाजमा ”पारीको संगी” भिडियो सहित ।

गायिका विष्णु परियारको आवाजमा ”पारीको संगी” भिडियो सहित ।

  • आइतवार, साउन २५, २०७७
गायिका विष्णु परियारको आवाजमा ”पारीको संगी” भिडियो सहित ।

नेपाली मौलिक लोक गीत संगीतमा आधारित गीत संगीतमा हरितालिका तिजमा गाइने गीतको निकै महत्व रहेको छ । नारीको पिर र वेदना समेटिएको गायक कुशल विश्वकर्मा र गायिका विष्णु परियारको आवाजमा रहेको तिज गीत झझल्को डिजिटल म्युजिक मार्फन सार्वजनिक भएको छ ।

तिजको वेलमा आपसमा दिदि बहिनीहरु भेला भएर बर्ष भरीको पिडालाई आपसमा रमाइलो तरिकाबाट साटासाट गर्ने परम्परा रहेको छ । शक्ति क्षेत्रीको शब्द तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा छ । ”पारीको संगी” गीतमा मौलिक शब्द र ग्रामिण परिवेशको आधारमा तयार पारिएकोले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतको प्रस्तुतकर्ता सुस्मिता क्षेत्रीले बताइन ।

जिवन सेन्चुरीको छायाँकन तथा सम्पादन र खुम मगरको निर्देशन भिडियोमा रहेको छ । ”पारीको संगी”गीतको भिडियोममा खुम मगर र शिल्पा कार्कीको अभिनय तथा नृत्य रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार