• होमपेज
  • मनोरञ्जन
  • अन्जु पन्तको स्वर तीज गीत “आमाले नदुखाउनु मन” सार्बजनिक

अन्जु पन्तको स्वर तीज गीत “आमाले नदुखाउनु मन” सार्बजनिक

  • शुक्रबार, साउन ९, २०७७
अन्जु पन्तको स्वर तीज गीत “आमाले नदुखाउनु मन” सार्बजनिक

पोहोर साल जस्तै यस बर्ष पनि नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन् । यस भित्र धेरै गीत मात्र ब्यवसाहिकता केन्द्रित बनाईएको छ । यसैलाई ध्यानमा राख्दै मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उदेस्य सहित संगीतकार तथा गीतकार श्रीकृष्ण बम मल्लले आफ्नै शब्द संगीतमा सामाजिक यथार्थता संग सम्बन्धित रहँदै एक गीतलाई भर्खरै सार्बजनिक गरेका छन् ।

एक परिवारको सदस्य घरदेशबाट परदेश हुँदा र फर्किंदा कोरोना भाइरसको संक्रमित भएपछी क्वारेन्टाइनमा उनको दैनिकी बित्छ्न् । अन्यकौं उपचार गर्दा पनि ति व्यक्तिले कोरोनालाई जित्न नसक्दा भएको मृत्यु तथा उक्त वियोगमा डुबेको परिवारको यथार्थतालाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतमा मोडल करिश्मा ढकाललाई बिधुवाको भूमिकामा देखाइएको छ । आफ्नो श्रीमानको मृत्यु तीज कै समयमा भएपछी यस बर्षको तीज पर्ब आफ्नो माइती परिवार संग मनाउन नसकिएको बिलौना गीतको म्युजिक भिडियो देख्न सकिन्छ । “आमाले नदुखाउनु मन” नाममा बजारमा आएको गीतमा सर्वप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ ।

“आमाले नदुखाउनु मन” बोलको गीतको म्युजिक भिडियोलाई श्रीकृष्ण बम मल्लले नै निर्देशन गरेका हुन् भने छायांकन बिनोद खड्का र राजन के.सी को साथै सम्पादन बिकाश ज्ञवालीले गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि