• होमपेज
  • देश
  • काठमाडौँको झल्को दिने गरी रत्ननगरमा बन्यो ‘धरहरा’

काठमाडौँको झल्को दिने गरी रत्ननगरमा बन्यो ‘धरहरा’

  • सोमवार, पुस २४, २०७४
काठमाडौँको झल्को दिने गरी रत्ननगरमा बन्यो ‘धरहरा’

गोरखा भूकम्पले २०७२ साल वैशाख १२ गते राजधानी काठमाडाँै सुन्धाराको धरहरा ढालेपछि अहिलेसम्म अर्को नबनाउँदा सर्वत्र चासो व्याप्त छ तर त्यसैलाई याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ ।

दुरुस्तै देखिए पनि यो धरहरा अस्थायी हो । यही पुस २७ देखि यहाँ शुरु हुने रत्ननगर महोत्सवका लागि आयोजकले मौलिक पहिचान झल्कने गरी धरहरा निर्माण गरेका हुन् । महोत्सवको मुख्य आकर्षण नै धरहरा हुने भएको छ ।

रत्ननगर महोत्सव मूल आयोजक समिति संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धरहरामा चढेर दृश्यावलोकन गर्न सक्नेगरी बाँसबाट निर्माण गरिएको बताउनुभयो । “यसले महोत्सवको रौनक थपेको र सर्वसाधारणका लागि मुख्य आकर्षक हुने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुस २७ गतेबाट महोत्सव शुरु हुँदैछ । ऐतिहासिक महत्वको धरहराको प्रतिमूर्ति आफैँमा महत्वपूर्ण रहेको महिला अधिकारीकर्मी संगीता भट्टराईले बताउनुभयो । बाँसबाट कृत्रिम धरहरा निर्माणको काम लगभग पूरा भएको छ ।

सो धरहरा ७५ फिट अग्लो बनाइएको छ । तीस फिट माथिसम्म चढेर वरिपरिको दृश्य अवलोकनको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सात तलाको धरहरा निक्कै आकर्षक छ । बाँसलाई कपडाले बाँधेर निर्माण भएको अस्थायी धरहराको बाहिरी भाग पूरै सेतो कपडाले बेरेर दुरुस्त धरहराको रंङ दिइएको छ ।

एक पटकमा करिब ४० जना धरहरा चढ्नसक्ने छन् । महोत्सव अवलोकन गर्न आउनेलाई थप मनोरञ्जन प्रदान गर्न ऐतिहासिक महत्व बोकेको धरहराको प्रतिमूर्ति निर्माण गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले उल्लेख गर्नुभयो ।

यही पुस २७ देखि माघ ७ गतेसम्म सञ्चालन हुन लागेको नवाँै संस्करणको रत्ननगर महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने ४५० भन्दा बढी स्टल रहनेछ ।

महोत्सवमा कृषि प्रदर्शनी तथा प्रतियोगिता, च्याउ, मह, तरकारी, थोपा सिँचाइ प्रविधि केरा, माछा, च्याउ, पोल्ट्री, फलफूलको परिसर रहनेछ । अन्तर्राष्ट्रिय प्रदर्शनीमा बंगलादेश, पाकिस्तान र भारतको समेत सहभगिता रहने बताइएको छ ।

महोत्सव अवधिभर सौराहासहित चितवनका विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धनका कार्यक्रम रहनेछन् । महोत्सवमा फुड फेस्टिभलको समेत आयोजना हुनेछ । महोत्सवमा सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु २५ प्रवेश शुल्कको व्यवस्था गरिएको छ ।रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि