• होमपेज
  • अर्थ/वाणिज्य
  • तनहुँ र गोरखामा एन आई सी एशियाको नयाँ शाखा

तनहुँ र गोरखामा एन आई सी एशियाको नयाँ शाखा

  • सोमवार, पुस २४, २०७४
तनहुँ र गोरखामा एन आई सी एशियाको नयाँ शाखा

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, आँबुखैरेनी गाँउपालिका वडा नं. ०३, आँबुखैरेनी, तनहुँ र गोरखा नगरपालिका वडा नं ०६, हरमटारी, गोरखामा एक समारोहका बिच् औपचारिक रुपमा समुद्घाटन सुसम्पन्न भयो ।

आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाबाट आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीबाट गोरखा शाखाको औपचारिक रुपमा समुद्घाटन सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार