• होमपेज
  • Uncategorized
  • नवलपुर क्षेत्रमा जितियाको रौनक (तस्विरमा हेर्नुहोस्)

नवलपुर क्षेत्रमा जितियाको रौनक (तस्विरमा हेर्नुहोस्)

  • मङ्लबार, भदौ २७, २०७४
नवलपुर क्षेत्रमा जितियाको रौनक (तस्विरमा हेर्नुहोस्)

ज्ञानु पंगेनी,

नवलपरासी,भदौ २७ –

नवलपरासीको नवलपुर क्षेत्रमा जितीया पर्वको रौनक छाएको छ । जितिया पर्व मंगलबार बाट शुरु भएपनि केहि दिन अगाडिबाटै थारु नच,झाम्टा नाच प्रतियोगिता देखी शुभकामना आदान–प्रदानका कार्यक्रमहरु भैरहेका छन् ।

जितीयाको अवसर पारेर कावासेतीमा मंगलवार कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाले जितीया बिषेश झाम्टा, लाठीनाच र डटकट कार्यक्रम गरेको छ । कार्यक्रममा नवलपुर क्षेत्रका विभिन्न महिला समुह तथा किशोरीहरुको समुहले बालबाविवाह विरुद्ध र वातावरण सरसफाई लगायतका विषयमा जनचेतना मुलक झाम्टा नाच र लाठी नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा थारु भाषाका गायक मअधेम महतो , केशव महतोले आफ्नो साङ्गेतीक प्रस्तुती प्रस्तुत गरेका थिए ।

यस्तै थारु महिला सभाको आयोजनामा जितीया पर्वको अवसर पारेर झाम्टा नाच तथा लाठी नाच कार्यक्रम कावाासेतीकै डण्डामा सम्पन्न गरिएको छ । कार्यक्रममा नवलपुर क्षेत्रका एक सय भन्दा बढि कलाकारहरुले नृत्यु प्रस्तुत गरेका थिए ।

यस्तै जितीया कै अवसरमा राष्ट्रिय मुसहर संघ नवलपुरको आयोजनामा देवचुली नगरपालिकामा पनि सास्कृतीक कार्यक्रम गरिएको छ । कार्यक्रमम थारु समुदायका महिलाहरुले झाम्टा , लाठी नाच प्रस्तुत गरेका थिए भने तथा मुसहर समुदायका महिलाहरुले झुम्रा नाच प्रस्तुत गरेका थिए ।

नवलपुर क्षेत्र थारु बहुल्यता भएको क्षेत्र भएका कारण जितीया पर्वमा निकै रौनक छाउने गरेको छ । यहां मुसहर समुदायको समेत बाक्लै उपस्थिती पाईन्छ । पछिल्लो समय आफ्ना कला संस्कृतीहरु लेप हुदै जान थालेका कारण जगेर्ना गर्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको कुमारवर्ती माई थारु गुठी संरक्षण संस्थाका अध्यक्ष पृथ्वी महतोले बताए । पछिल्लो पुस्ताका युवा युवतीहरु ऋाफ्नो मौलिक कला संस्कृती भन्दा पनि हिन्दी गित,आधुनिक गितहरुमा नै रमाउन थालेपछि उनीहरुलाई मौलिक कला संस्कृतीको जानकारी दिलाउन कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

जितीया पर्व सप्तमीबाट सुरु हुन्छ र यो पर्व तीन दिनसम्म धार्मिक बिधिपूर्वक मनाइन्छ । विवाहित महिलाहरुले मंगलवार विहान नदी, कुवा तथा पोखरीमा स्नान गरी चोखो बस्त्र लगाएर पर्व सुरु गरेका छन् ।

पहिलो दिन अर्थात यस वर्ष मंगलवार डटकट (दर)का रुपमा चिचर,माछा खाने,झाम्टा नाच्ने प्रचलन रहेको छ । जितिया पर्व अन्र्तगत अष्टमीका दिन उपवास बसी जीतमहानको पुजा गरेर थारु पुरहित बाट कथा प्रवचन सुन्ने गरीन्छ । यस्तै अन्तिम दिन बिधिपुर्वक जितियाको तारन गर्ने प्रचनल रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार