• होमपेज
  • मनोरञ्जन
  • बलिउड र नेपाली कलाकारले भरिपूर्ण ‘दि कर्मा’को घोषणा

बलिउड र नेपाली कलाकारले भरिपूर्ण ‘दि कर्मा’को घोषणा

  • मङ्लबार, भदौ २७, २०७४
बलिउड र नेपाली कलाकारले भरिपूर्ण ‘दि कर्मा’को घोषणा

काठमाडौँ,भदौ २७ –

नेपली चलचित्र ‘दि कर्मा’को औपाचारिक घोषणा गरिएको छ । काठमाडौँमा मंगलबार पत्रकार सम्मेल गर्दै चलचित्रको औपचारिक घोषणा गरिएको हो । चलचित्रमा बलिउडका केही कलाकार सहित नेपाली कलाकारहरु समावेश हुने छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्रमा तराई भेगमा पर्ने नेपाल र भारतको सीमानको आसपासको हुने घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा बलिउडका कलाकार दीपक आनन्दको मुख्य भुमिका रहेको छ । बलीउड तथा दक्षीण भारतिय चलचित्रमा सक्रिय रुपमा काम गरिरहेका दिपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’ लगायतका टलीउड चलचित्र तथा मराठी चलचित्र र विज्ञापनहरुमा अभिनय गरेका छन् ।

उनको साथै चलचित्रमा चलचित्रमा करण आहुजा,नशिमा आचार्य,अनुप सक्सेना,क्षितिजा शाक्य लगायतका कलाकारको अभिनय रहने । मंसिरबाट छायाँकन सुरु हुने चलचित्रको छायाँकन तराईको बिभिन्न भाग र भारतको सिक्किममा हुने छ । चलचित्र २०७५ बैशाखमा रिलिज गरिने लक्ष्य राखेको निर्माण पक्षले बताएको छ । जय राज राय र निशा खतिवडा निर्माता रहेको यो चलचित्र नेपाली र हिन्दी भाषामा बन्नेछ । भारतमा पनि चलचित्रको प्रदर्शनी गरिने निर्माता रायले बताए ।

Facebook Comments

सम्बन्धित समाचार