• होमपेज
  • समाचार
  • म्याग्दीका दृष्टिविहीन आइतबहादुर गिटी कुटेर परिवार पाल्दै

म्याग्दीका दृष्टिविहीन आइतबहादुर गिटी कुटेर परिवार पाल्दै

  • मङ्लबार, भदौ २७, २०७४
म्याग्दीका दृष्टिविहीन आइतबहादुर गिटी कुटेर परिवार पाल्दै

बेनी (म्याग्दी), भदौ २७ –

बेनी नगरपालिका– २ ज्यामरुककोट फाँपरखेतका आइतबहादुर दर्जीको एउटा हातमा लठ्ठी र अर्को हातमा सधैँ हथौडा हुन्छ ।

एका बिहानै उठेर अरुकोमा ज्याला मजदुरी गर्न जाने दर्जी दृष्टिविहीन भए पनि परिवारमा उहाँको ठूलै जिम्मेवारी छ । आर्थिक अवस्था कमजोर तथा अरु कुनै काम गर्ने सीप नहुँदा दर्जीले गिटी कुटेर गुजारा चलाउँदै आउनुभएको छ ।

श्रीमती र छोराको सहारामा मजदुरीका लागि पुग्ने गरेका दर्जी गाउँकै सार्वजनिक जग्गामा छाप्रोमा बस्नुहुन्छ । दर्जीको अवस्था देखेका र हाल विदेशमा रहनुभएका प्रदीप सुवेदी, भूमिराज कार्कीलगायतले रु एक लाख ४० हजार संकलन गरी उहाँलाई सहयोग गर्नुभएको हो । दर्जीका दुई छोरा १२ र ६ कक्षामा अध्ययरत छन् ।

“गुजरा चलाउन गिटी कुट्छु । मेरो कमाइले घरमा बिहानबेलुकी चुलो बल्छ,” दर्जीले भन्नुभयो । छोराको पढाइका लागि बेनीका नरेश श्रेष्ठले वार्षिक रु १० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराएपछि दर्जीलाई केही राहत मिलेको छ । उहाँको कान्छो छोराको आँखा पनि कमजोर छ । ‘क’ वर्गको अपाङ्गता परिचयपत्रबाट प्राप्त हुने भत्ताले कान्छो छोराको आँखाका लागि नियमित औषधिको व्यवस्था गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

सार्वजनिक जग्गामा बनाएको छाप्रो नगरपालिकाले सडक विस्तार गर्न भत्काउने भएपछि दर्जी चिन्तित बन्नुभएको छ । “छाप्रो भत्काएपछि मेरो उठिवास हुन्छ,” उहाँले भन्नुभयो । दृष्टिविहीन भएकाले गिटी कुट्नबाहेक अरु केही गर्न नसक्ने दर्जीले सहयोगको याचना गर्नुभएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा