• होमपेज
  • Uncategorized
  • प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता आज,कांग्रेस र माओवादी तालमेल, एमाले एक्लै भिड्दै

प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता आज,कांग्रेस र माओवादी तालमेल, एमाले एक्लै भिड्दै

  • बुधबार, भदौ २१, २०७४
प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता आज,कांग्रेस र माओवादी तालमेल, एमाले एक्लै भिड्दै

काठमाडौं, भदौ २१ –

प्रदेश नम्बर २ का १३६ स्थानीय तहको चुनावका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्तामा उत्साहपूर्वक रुपमा सहभागी हुन निर्वाचन आयोगले दल, उम्मेदवार र मतदातालाई आग्रह गरेको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

दलहरुले प्रायः सबै स्थानीय तहमा उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । यसअघि भएको दुईवटा चुनावमा जस्तै यसपटक पनि सत्तारुढ कांग्रेस र माओवादीबिच तालमेल हुने भएको छ । बुधबार मनोनयन दर्ता गर्नुअघि नै केही तहमा तालमेलको निर्णय हुने दुवै पार्टीले जनाएका छन् । राति अबेरसम्म पनि बैठक चलिरहेको र अहिले बिहान अन्तिम कसरत गरेर टुंगो लगाइने उनीहरुले बताएका छन् ।
नेकपा एमाले भने एक्लै चुनाव लड्ने भएको छ । चुनावमा एमालेलाई हराउन कांग्रेस र माओवादीको गठबन्धनमा विदेशी शक्ति पनि सामेल भएको एमालेको आरोपछ ।

देशभरका ७५३ स्थानीय तहमध्ये बाँकी तहमा चुनाव भइसकेको छ । असोज २ गते १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । ती सबै तहबाट ६ हजार ६ सय २७ जना प्रतिनिधि चयन हुनेछन् । चुनावका लागि २ हजार १६६ मतदानस्थल, ३ हजार ५७८ मतदान केन्द्र रहनेछन् भने चुनावमा ३१ हजार ५ सय कर्मचारी खटिएका छन् । उज्यालोवाट

Facebook Comments

सम्बन्धित समाचार