• होमपेज
  • देश
  • युथ क्रीयसनले गरेको ‘मिसेस पुर्वान्चल तिज क्विन’मा दर्शक मुर्गा

युथ क्रीयसनले गरेको ‘मिसेस पुर्वान्चल तिज क्विन’मा दर्शक मुर्गा

  • सोमवार, भदौ १६, २०७६
युथ क्रीयसनले गरेको ‘मिसेस पुर्वान्चल तिज क्विन’मा दर्शक मुर्गा

नेपालमा ब्युटी प्याजेन्टहरु पछिल्लो समय निक्कै नै बढेर गएको छ । यस्तै घुलमुलमा बिकृती पनि बढिरहेको उदाहरण हाम्रै अगाडि छ । बिकृती र बिवादले यस्ता प्रतियोगिता चुर्लुम्मै डुब्दा ब्युटी प्याजेन्टमा चासो देखाउनेहरुको मनोबल घट्दै गैरहेको बुझ्न सकिन्छ । यस्तै हिन्दु महिलाहरुको महान पर्वको रुपमा रहेको तिजलाई लक्षित गर्दै ईटहरीमा आयोजना भएको “मिसेस पुर्वान्चल तिज क्विन” मा जम्मा ३ जना सहभागी र सोही ३ जनालाई पहिलो, दोश्रो र तेस्रो बनाईएको खुल्न आएको छ । यस्ता घटना बिरलै पाईन्छ ।

अझै रोचक त के छ भने युथ क्रीयशन नेपाल काठमाडौले ईटहरीमा सनिवार सम्पन्न गरेको फाईनलमा उपस्थित दर्शक मुर्गा बने । स्टेजमा देखिएका सहभागी १२ जना तर प्रतिष्पर्धी भने ३ जना मात्रै । २ जान फोटोसुट पछि फाईनलमा आएनन् । सो ३ जना भन्दा बाकि ७ जनालाई भने २/२ हजार लिएर फेसन शो मात्र गराईएको खुलेको छ । तर दर्शक दिर्घमा बसेर हेर्नेको लागि भने सबै प्रतिष्पर्धी नै हुन भन्ने भान भएको श्रोत बताउछ । शोबाट बिजेता सिर्जना अधिकारी पोख्रेल, फर्स्ट रनरअप कृष्टिना थापा र सेकेन्ड रनरअप सिला केसि भएकी थिइन् ।

यस्तै झुटको खेतिले गर्दा पछिल्लो समय नेपालमा युवायुवतीहरुले आफ्नो सौन्दर्य कला संगै नेतृत्व तथा बौद्धिक बिकास गर्न सक्ने ठूलो प्लाट्फर्मलाई अभिभावक तथा दर्शकले भने खासै महत्त्वपूर्ण रुपले हेरिएको पाईदैन । उक्त शोमा उपस्थित दर्शकहरूले “सबै बाल बिवाह गरेका प्रतिष्पर्धी हुन कि क्या हो ? साना-साना छन मिसेस तिजमा पनि” भनेर अन्यौलताको प्रश्न तेर्स्याउदा आफुले प्रष्ट पार्दिनु पर्दा नरमाईलो लागेको हामिलाई श्रोतले जानकारी दिए ।

यता गेस्ट मोडलका रुपमा निम्तो गरिएका मोडलहरुलाई पनि राम्रो स्थान नदिएको गुनासो आएको छ । गेस्ट मोडलको रुपमा फाईनल शोमा पुगेका मोडलहरुलाई निर्णायकले प्रतिष्पर्धीलाई दिएको नम्बर जोड्न लगाउने देखि स्टेजमा बारम्बार थालमा मायाको चिनो बोक्न लगाउने कार्य भएको छ । यस्ता खालको कार्यले आफुहरुलाई दुखी बनाएको भन्दै आयोजकको आलोचना गरेका छन् ।

काठमाडौ पछि युथ क्रीयशनले केही समय अघिमात्रै पनि मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा “पुर्वान्चल फेसन शो” सम्पन्न गरेको थियो । त्यहा पनि आयोजकले वाहवाही दर्शकबाट पाउन नसकेको उदाहरण प्रसस्तै छन् । काठमाडौ देखि नै आलोचित हुँदै आएको आयोजक यो कार्यक्रममा पनि अछुतो रहन सकेन ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि