• होमपेज
  • अर्थ/वाणिज्य
  • मुख्यमन्त्री,बेटी पढाउ, बेटी बचाउ कोष र प्रभु बैंकबीच सम्पन्न सम्झौता

मुख्यमन्त्री,बेटी पढाउ, बेटी बचाउ कोष र प्रभु बैंकबीच सम्पन्न सम्झौता

  • बिहिबार, माघ १७, २०७५
मुख्यमन्त्री,बेटी पढाउ, बेटी बचाउ कोष र प्रभु बैंकबीच सम्पन्न सम्झौता

प्रदेश नं. २ स्थित मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र प्रभु बैंक लिमिटेडका विच मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी एक सम्झौता सम्पन्न भएको छ ।

२ नं. प्रदेशस्तरीय मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंक लि. का तर्पmबाट सहायक महाप्रबन्धक अशोक खडगीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं. २ का माननीय मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तरण गरिएको बैंकद्वारा जारी पे्रस विज्ञप्तीमा उल्लेख छ ।

सम्झौता अनुसार पहिलो चरणमा प्रदेश नं. २ अन्तर्गतका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाा सञ्चालनमा आएको छ र मन्त्रालयको सम्झौताको आधारमा यो कार्यक्रम अन्य जिल्लाहरुमा समेत विस्तार हुनेछ । यो अभियान अन्तर्गत २०७५ माघ १ गते पश्चात् माथि उल्लेखित ८ जिल्लामा जन्मिएका छोरीहरुको नाममा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसको आधारमा प्रभु बैंक लिमिटेडले २० वर्षको अवधिको लागि मुद्दती खाता खोलिदिनेछ ।

मन्त्रालयले प्रदान गर्ने रु. १३ हजार ६ सय ४६ रुपैयाँ र १५ पैसामा खोलिएको मुद्दती खाता २० वर्ष पछि सम्बन्धित छोरीको अभिभावकले एकमुष्ठ १ लाख रुपैयाँ पाउने व्यवस्था रहेको छ । खाता खोलिएको छोरीको मृत्यू भएमा वा कडा रोग लागेको प्रमाणित भएका वा अभिभावकको मृत्यु भएमा मन्त्रालयको सिफारिसको आधारमा खातामा जम्मा भएको रकमको साँवा र व्याज प्राप्त गर्न सकिने व्यवस्था समेत रहेको छ ।

प्रदेश नं. २ स्थित मन्त्रीपरिषदको कार्यालयले सञ्चालनमा ल्याएको लेकप्रिय कार्यक्रम मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानमा बैंकिङ्ग सहकार्य गर्दै प्रभु बैंक लि. ले आफुलाई व्यवसायिक मात्र नभएर सामाजसेवी बैंकको रुपमा स्थापित गराउन अग्रसर रहेको छ ।

निरन्तर व्यवसायिक सफलता हासिल गरिरहेको प्रभु बैंकले यस अभियानलाई आप्mनो सामाजिक उत्तरदायित्व वहन गर्ने अवसरको रुपमा लिएको छ । साथै, प्रदेश नं. २ को यस लोकप्रिय कार्यक्रम र प्रभु बैंक लि. सामाजिक सेवाभाव सहितको बैंकिङ्ग सेवा उपभोग गरी प्रदेश नं. २ को समग्र विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा