• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकका ग्राहकले स्काईवाक टावरमा १० प्रतिशत

सानिमा बैंकका ग्राहकले स्काईवाक टावरमा १० प्रतिशत

  • मङ्लबार, बैशाख २५, २०८१
सानिमा बैंकका ग्राहकले स्काईवाक टावरमा १० प्रतिशत

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रालिमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त समझदारी पत्रमा वन्डर्स नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ तथा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ बिक्रम श्रेष्ठले हस्ताक्षर गरे । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आईरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीमए सञ्चालनमा रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार