• होमपेज
  • मनोरञ्जन
  • परोपकारमा प्रियंका र आयुष्मान

परोपकारमा प्रियंका र आयुष्मान

  • मङ्लबार, माघ ८, २०७५
परोपकारमा प्रियंका र आयुष्मान

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले परोपकारी कामको लागि आयंका फाउण्डेशन घोषणा गरेका छन् ।
अभिनय क्षेत्रमा सक्रिय यो जोडीले संस्था मार्फत सामाजिक काम गर्ने मनस्थितिले फाउण्डेशन स्थापना गरेका हुन् । मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनासँगै सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएको हो ।
कलाकारको आवाज धेरैले सुन्ने र मनन गर्ने भएकाले त्यसको माध्यम बन्नका लागि आयंका फाउण्डेशनको सुरु भएको उनीहरुको भनाई छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा, सरसफाई, महिनावारी, बालविवाहलगायतका विविध विषयमा चेतना फैलाउन फाउण्डेशन अग्रसर रहने नायिका प्रिंयंका कार्कीले जानकारी दिएकी छिन् ।
नायक आयुष्मानका अनुसार बालबालिकाको शिक्षामा विशेष जोड दिँदै  असहाय, अनाथ र पिडितको घाउमा मल्हम पट्टी लगाउन पनि फाउण्डेशनले सक्दो प्रयास गर्नेछ । यस्तो परोपकारका लागि आफ्नो कमाईको १० प्रतिशत रकम छुट्याईने उनीहरुको प्रतिबद्धता छ । फाउण्डेशनको घोषणासँगै टोल सफाईमा सक्रिय हुने उनीहरुले बताएका छन् । आयंका फाउण्डेशनको मुख्य सल्लाहकार सरोज ओली हुन् ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि