• होमपेज
  • मनोरञ्जन
  • युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

  • बुधबार, मंसिर ५, २०७५
युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ सम्पन्न

 “नेपाली कला श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रवद्र्धन हाम्रो अभियानभन्ने मुल नाराको साथ त्यस्तै कला पत्रकारिताबाट सम्मानित हुने पत्रकारहरुमा युनिर्भसल डेन्टल सरगरमाथा म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न भएको

रेस्पोन्सिभ मिडियाको आयोजनामा मंसिर गते राजधानी स्थित नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न अवार्ड कार्यक्रममा कला संगीत एवम सामाजिक क्षेत्रका दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो अवार्ड कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सगरमाथाको नामबाट सुरुवात भएको अवार्डले नेपालको कला संस्कृतीको सम्वद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए

नेपाली पत्रकारीता जगतमा रंग पत्रकारीता गरिहेका सात जना पत्रकारहरुलाई सम्मानित गरिएको भने कुल ४४ वटा विधामा प्रतिस्पर्धामा आएका कलाकर्मीहरु अवार्डेड भएका थिए अवार्ड निर्णायक एसएमएस भोटिङको आधारमा निर्णय गरिएको आयोजक संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए

कला कलाकारको सम्मानको लागि हरेक वर्ष अवार्ड गर्ने उनले प्रतिबद्धता समेत गरे अवार्डमा नेपालका अग्रज संगितकर्मीदेखी नयाँ पुस्ता कलाकारहरुको उपस्थिती रहेको थियो कार्यक्रममा आस्था कला केन्द्र इलिगेन्स डान्स सेन्टरको प्रस्तुति रहेको थियो

कार्यक्रमा पांच दशक लामो समय नेपालको सांगीतक ईतिहासलाई समर्पण गरेकी लोक गायिका चन्द्रकला शाहलाई नगद रु.१७, ६९६ सहित लाईफटाईक अचिभमेन्ट अवार्ड प्रदान गरिएको भने श्याम अर्याल, लक्ष्मण सुवेदी, कुवेर गिरी, श्रीधर पौडेल, चन्द्रमणि गौतम किरण प्रसाद अधिकारीलाई कला पत्रकारिताबाट सम्मानवाट सम्मानित गरिएको थियो

त्यस्तै रंगपत्रकार एव. चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीलाई महिला सशक्तिकरण पत्रकारिता सम्मान प्रदान गरिएको थियो कार्यक्रममा इभेन्ट निर्देशक लबबहादुर कार्की, कोरियोग्राफर अश्विनी झा, अभिनेत्री सोभिता सिंखडा, लोक गायक गणेश गुरुङ, मिसेस् एसिया प्यासिफिक चन्दा थापा सम्मानित भएका थिए

राष्ट्रिय भाव अन्तरगत शिव परियार, अन्जु पन्त, शान्तिप्रिय, सन्तोष श्रेष्ठ, पारु रञ्जित, शान्ता अधिकारी, चलचित्र अन्तरगत डेविट शंकर, मिना निरौला, लोकराज अधिकारी, अर्जुन पोखरेल, राजेन्द्र भट्ट, सारिका घिमिरे, लोक दोहारी अन्तरगत मौसम गुरुङ, श्रीदेवी देवकोटा, रामचन्द्र ढकाल, ओम छिनेल, खेम सेञ्चुरी, प्रतिभा सापकोटा, दुर्गेश थापा, मञ्जिता केसी, करिष्मा ढकाल, राजेश घिमिरे, नविन घर्तिमगर, रञ्जितकुमार क्षेत्री, धर्मराज पोखरेल, झरना पुनमगर, रुविना अधिकारी, अस्मिता राना, नन्दा बस्याल, सञ्जय फ्राउनफेडर रहेका छन् ।

आधुनिक तर्फ प्रमोद खरेल, मल्लिका कार्की, माधव निर्दोष, सावित्री गौतम, सुरेन्द्र श्रेष्ठ, सनम कठायत, शिल्पा पोखरेल, मुकेश हुमागाई, माधव बेल्वासे, सुव्रतराज आचार्य, रमि श्रेष्ठ, रेखा पौडेल, अम्बिका गुरुङ, दृश्य सुवेदी, श्रीदेव भट्टराई, माधव खरेल, उषा सुवेदी, स्मृति शाही, होमबहादुर घले रहेका छन् ।

पप अन्तरगत रञ्जित लामा, एन्जिला रेग्मी, अजय अधिकारी, करणराज कार्की, विकास लामिछाने, अनु शाह, आदित्य बुढाथोकी, प्रविण श्रेष्ठ, मिलन थापा, प्रकाश लेप्चा, कन्यैया सिंह, पुस्कर सुनुवार, उद्घिपध्वज थापा, इन्दिरा भट्टराई, धुर्व विस्को÷सरु गौतम, स्वार्थ तिम्रो सिताराम पोखरेल, रमिता भण्डारी, प्रज्वल भित्रकोटी, युवराज खत्री रहेका छन् ।
त्यसैगरी मौलिक गीत अन्तगत नविन पौडेल, भिमु गुरुङ, दिप गुरुङ रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि