• होमपेज
  • बीमा
  • नेपाल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा २० करोड कमायो

नेपाल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा २० करोड कमायो

  • शुक्रबार, कार्तिक ३०, २०७५
नेपाल लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा २० करोड कमायो

र्जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड (Nepal Life Insurance Co. Ltd.) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४१ लाख रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीको यो मुनाफा गतवर्षको सो अवधिको तुलनाभन्दा १५ दशमलव ०५ प्रतिशतले बढी हो । गतवर्षको पहिलो त्रैमासमा कम्पनीले १७ करोड ७४ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनिले जगेडाकोषमा ३ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५४ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ र महा विपत्ती कोष जगेडामा ३७ करोड ११ लाख रुपैयाँ छुटाएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले यो अवधिमा ७४ अर्ब ४ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने २ अर्ब ३५ करोड ४८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

कम्पनीले कुल कायम रहेको बीमालेखको संख्या ११ लाख ८१ हजार १८३ वटा रहेको छ भने गत वर्ष कम्पनीले १० लाख ९४ हजार ४८६ वटा बीमा जारी गरेको थियो ।

कम्पनीले १४ हजार ३ सय ३४ भुक्तानी संख्याबाट २ अर्ब ३५ करोड ४८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ३२ करोड ६४ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकि रहेको देखिन्छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १८ रुपैयाँ ५७ पैसा, प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ६३ पैसा, मुल्य आम्दानी अनुपात ५० दशमलव १२ गुणा र प्रतिशेयर कुल सम्पतिको मूल्य १४३० रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि