• होमपेज
  • बीमा
  • ग्लोबल मनी विकमा सन लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनी विकमा सन लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

  • बिहिबार, चैत्र ८, २०८०
ग्लोबल मनी विकमा सन लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत ७ र ८ गते क्रमश श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले बुधबार श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराएको कम्पनीले जनाएको छ । साथै सहभागि विद्यार्थीहरुको वित्तीय बजार र धितोपत्र बजार सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु स्पष्ट गरेको कम्पनीले जानकारी दिए ।

कम्पनीले बिहीबार श्री मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौका विद्यार्थीहरुलाई बीमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्दीत हाजिरी जवाफ प्रतियोगिता आयोजना हो । उक्त कार्यक्रममा विद्यार्थिहरुको बाक्लो उपस्थिती रहेको विद्यालयले जनाएको छ ।

सनलाइफ क्यापिटल लिमिटेड धितोपत्रबोर्डबाट स्विकृतप्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार